२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनीमा भ्रमण वर्षको तयारी शून्य

बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार अघिल्तिरको सडकमा जमेको फोहोर पानी। यो सडक भत्काएको तीन महिना भयो। पानी पर्दा हिलेपानी गन्हाएर पर्यटक नाक थुन्दै भित्र पस्छन्। घाम लाग्दा धुलो उडेर बसी नसक्नु हुन्छ।

लुम्बिनीका कारण नजिकिँदै चीन

मुख्यमन्त्री पोखरेलको भ्रमणका क्रममा सिंचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम भएको छ।

नेपाल घुम्न बेइजिङबाट चिनियाँलाई निम्ता

अग्ला तीनवटा पोलमा लहरै फहराइएका नेपालका राष्ट्रिय झण्डा। लुम्बिनीमा मायादेवीसहित सिद्धार्थ गौतम बुद्धको आकृति कुँदिएको चित्र। रातो इँटामा चिटिक्क परेको घरको बीचबाट आकाशतिर उठेको स्वयंभूको स्तुप। वरिपरि फहराइरहेका लुङ्दर अनि भित्रबाट सुमधुर आवाजमा आइरहेको नेपाली संगीतको पाश्र्व ध्वनि। भवनभित्र छिर्दा ढोकाको सामुन्ने बुद्धको मूर्ति। मूर्तिको वरिपरि नेपाली जडीबुटी र फलफूलका नमुना। यो दृश्य बेइजिङस्थित बागवानी प्रदर्शनी केन्द्रमा रहेको लुम्बिनी शान्ति बगैंचाको हो। बगैंचामा पुग्दा एकैचोटि नेपाल पुगेको अनुभूति हुन्छ।

बेइजिङमा ‘लुम्बिनी शान्ति बगैंचा’

लुम्बिनी गुरुयोजना निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु आदि क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्बिनी विकास कोषलाई निर्देशन दिए।

लुम्बिनीमा शान्ति प्रार्थना

विशाल क्षेत्रफलमा फैलिएको रहेछ लुम्बिनी। मलाई लुम्बिनीको वातावरण अत्यन्त सुन्दर लाग्यो। त्यहाँ पुग्ने हरेक व्यक्तिले आत्मिक शान्ति अनुभव गर्छन्। त्यसमाथि त्यहाँको हरियाली बगैँचामा भ्रमण गर्दा स्वर्गीयपरीक्षा सकिएपछि स्कुल बिदा थियो। मेरो बुबा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत हुनुहुन्छ। उहाँलाई यसपटक चितवन र रुपन्देही नपुगी नहुने भयो। उहाँको त्यही यात्रामा संलग्न भएर हामीले पनि लुम्बिनी भ्रमणमा सहभागी हुने योजना बनायौं। जीवनमै पहिलोचोटि लुम्बिनी जाने अवसर पाएँ। मन प्रफुल्ल बन्यो।

शेर्पाको स्मृतिमा बन्ने गुम्बा विवादमा

जापानी प्रोफेसर टाङ्गेको गुरुयोजनाअनुसार नेपालसहित विभिन्न १८ देशका विभिन्न संघसंस्थालाई ४२ वटा गुम्बा बनाउन इजाजत दिइएको छ।

कच्चा पदार्थ नपाउँदा लक्ष्यअनुसार काम भएन

प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गरेको छ। २५६३औं बुद्ध जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि औपचरिक उद्घाटन समेत गरेकी छन्। प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षमा सबैभन्दा ठूलो चुनौतीका रुपमा निर्माणाधीन भैरहवा–तौलिहवा सडक रहेको छ। लुम्बिनी पुग्ने पर्यटकले सबैभन्दा बढी प्रयोग गर्ने यो बाटो अहिले धुलैधुलो भएको छ। धुलो र निर्माणाधीन बाटोका कारण लुम्बिनी जाने आन्तरिक तथा बाह्य पर्यटक सास्ती खेप्न बाध्य छन्।

कच्चा पदार्थ नपाउदा लक्ष्यअनुसार काम भएन

लुम्बिनी र नर्थ पोल च्याम्पियन

आयोजक लुम्बिनी र काठमाडौं नर्थ पोल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन्। नर्थ पोल ब्वाइज तथा लुम्बिनी गल्समा पहिलो भए ।

टुर डे लुम्बिनी

‘टुर डे लुम्बिनी’ एउटा साइक्लिङ अभियानको नाम। चार दिने शान्ति साइकल यात्रालाई टुर डे लुम्बिनीका रूपमा ब्राण्डिङ गरिएको। काठमाडौंको स्वयम्भू महाचैत्य, भगवान पाउबाट साइक्लिङ सुरु भएर मुलुकका विभिन्न सहर भ्रमण गर्दै बुद्ध पूर्णिमाका दिन बुद्ध जन्मस्थल लुम्बिनीमा पुगेर शान्ति दीप प्रज्ज्वलन गरेपछि टुर डे लुम्बिनीको समापन गरिन्छ।

चण्डेश्वरी र लर्ड बुद्ध च्याम्पियन

चण्डेश्वरी एकेडेमी र लर्ड बुद्ध इन्स्टिच्युट प्रथम लुम्बिनी फुटसल प्रतियोगिताको च्याम्पियन भएका छन् । बिहीबार चुच्चेपाटीस्थित लुम्बिनी कलेजको फुटसल मैदानमा भएको खेलमा चण्डेश्वरीले छात्र तथा लर्ड बुद्धले छात्रातर्फको उपाधि जितेका हुन् ।

चण्डेश्वरी र लर्डबुद्ध प्रथम लुम्बिनी फुटसलको च्याम्पियन

चण्डेश्वरी एकेडेमी र लर्डबुद्ध इन्सिच्युट प्रथम लुम्बिनी फुटसल प्रतियोगिताको च्याम्पियन भएका छन्। विहीबार चुच्चेपाटीस्थित लुम्बिनी कलेजको फुटसल मैदानमा भएको खेलमा चण्डेश्वरीले छात्र तथा लर्डबुद्धले छात्रातर्फको उपाधि जितेका हुन्।

नबिल–लुम्बिनी जनरल बैंकासुरेन्स सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नबिल बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंकका रिटेल बिजनेस प्रमुख निरज शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्