१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

चण्डेश्वरी र लर्डबुद्ध प्रथम लुम्बिनी फुटसलको च्याम्पियन

काठमाडौं– चण्डेश्वरी एकेडेमी र लर्डबुद्ध इन्सिच्युट प्रथम लुम्बिनी फुटसल प्रतियोगिताको च्याम्पियन भएका छन्। विहीबार चुच्चेपाटीस्थित लुम्बिनी कलेजको फुटसल मैदानमा भएको खेलमा चण्डेश्वरीले छात्र तथा लर्डबुद्धले छात्रातर्फको उपाधि जितेका हुन्।

छात्रतर्फको फाइनलमा चण्डेश्वरीले लयर्डबुद्धलाई २–१ ले निराश पार्दै उपाधि जितेको हो। त्यस्तै छात्रातर्फ लर्डबुद्धले अरोरा फाउन्डेसन ए लाई १–० ले हरायो।

यता छात्रतर्फ अरोरा फाउन्डेसन तेस्रो भयो भने छात्रातर्फ स्टुडेन्ट एफसी तेस्रो भयो। प्रतियोगिता छात्रतर्फ चण्डेश्वरीका पेम्बा थेङ र छात्रातर्फ लर्डबुद्धकी प्रिती राई सर्वोउत्कृष्ट खेलाडी घोषित भए। 

त्यस्तै छात्रतर्फ लर्डबुद्धका सुशन खड्का उत्कृष्ट गोलकिपर र सरोज श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए। छात्रातर्फ भने अरोराका बि की  सुजाता विश्वास उत्कृष्ट गोलकिपर र अरोरा ए की साबित्री सुनुवार उत्कृष्ट डिफेन्डर घोषित भए। विधागत तर्फका उत्कृष्ट खेलाडीलाई लुम्बिी कलेजले कक्षा ११ र १२ मा पूर्ण छात्रवृति प्रदान गर्नेछ।

गत शुक्रबारबाट चलेको प्रतियोगितामा छात्रतर्फ ६२ र छात्रातर्फ ७ गरी प्रतियोगितामा ७० टोलीको सहभागिता रहेको थियो।

प्रकाशित: २३ जेष्ठ २०७६ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App