१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

चण्डेश्वरी र लर्ड बुद्ध च्याम्पियन

काठमाडौं – चण्डेश्वरी एकेडेमी र लर्ड बुद्ध इन्स्टिच्युट प्रथम लुम्बिनी फुटसल प्रतियोगिताको च्याम्पियन भएका छन् । बिहीबार चुच्चेपाटीस्थित लुम्बिनी कलेजको फुटसल मैदानमा भएको खेलमा चण्डेश्वरीले छात्र तथा लर्ड बुद्धले छात्रातर्फको उपाधि जितेका हुन् ।

छात्रतर्फको फाइनलमा चण्डेश्वरीले लर्ड बुद्धलाई २–१ ले निराश पार्दै उपाधि जितेको हो । त्यस्तै छात्रातर्फ लर्ड बुद्धले अरोरा फाउन्डेसन ‘ए’ लाई १–० ले हराउँदै विजेता बनेको हो । यता छात्रतर्फ अरोरा फाउन्डेसन तेस्रो भयो भने छात्रातर्फ स्टुडेन्ट एफसी तेस्रो भयो ।

प्रतियोगिता छात्रतर्फ चण्डेश्वरीका पेम्बा थेङ र छात्रातर्फ लर्ड बुद्धकी प्रीति राई सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै छात्रतर्फ लर्ड बुद्धका सुशन खड्का उत्कृष्ट गोलकिपर र सरोज श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । छात्रातर्फ भने अरोरा ‘बी’ की  सुजाता विश्वास उत्कृष्ट गोलकिपर र अरोरा ‘ए’ की सावित्री सुनुवार उत्कृष्ट डिफेन्डर घोषित भए । विधागत तर्फका उत्कृष्ट खेलाडीलाई लुम्बिनी कलेजले कक्षा ११ र १२ मा पूर्ण छात्रावृत्ति प्रदान गर्नेछ । गत शुक्रबारबाट चलेको प्रतियोगितामा छात्रतर्फ ६२ र छात्रातर्फ ७ गरी प्रतियोगितामा ७० टोलीको सहभागिता थियो ।

 

प्रकाशित: २४ जेष्ठ २०७६ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App