२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बुद्धलाई बेलैमा नबुझ्दा

कुनै निर्माण कार्य वा उद्योग आदि सञ्चालनका लागि तयार गरिएको मुख्य योजना वा कार्यक्रमलाई‘गुरु योजना’ हो। योजनाबद्ध तथा व्यवस्थिततवरले दीर्घकालसम्मको हित हेरेर तयार पार्ने उद्देश्यले गुरु योजना निर्माण हुन्छन्। यसरी निर्माण वा सम्पन्न भएका योजनाले लामो समय उद्देश्यअनुसारको प्रतिफल हात लाग्ने विश्वाससमेत गरिन्छ। त्यसैले त सरकार वा संगठित संस्थाहरूले गुरु योजना निर्माणमै करोडौँ रुपियाँ खर्चन्छन् निर्धक्क। तर विडम्बना, भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रबद्र्धनलाई केन्द्रमा राखी निर्माण भएको गुरु योजना भने ४१ वर्षसम्म पनि अधुरै छ। जापानी नागरिक वास्तुवेत्ता प्रा. केन्जो टांगेले बनाइदिएको यो योजनालेअहिलेसम्म पनि पूर्णता पाउन नसक्नुले हाम्रो कछुवा गति प्रमाणित गरेको छ। त्यतिमात्र हैन, लुम्बिनीको महत्व बुझ्न गरिएको ढिलाइ र यसबाट पुगिरहेको नकारात्मक असरप्रतिको बुझाइ पनि उत्तिकै कमजोर छ।

एसीबस चढेर लुम्बिनी पुगे मुख्यमन्त्री र सांसद

लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भसंगै बुटवलबाट सुविधासम्पन्न सार्वजनिक बससेवा सुरु भएको छ। वाइफाइ सुविधासहितको १० वटा सुविधासम्पन्न बसको शनिबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरे। ५२ सिट क्षमताका ती बस अपांगमैत्री र वातानुकुलित छन।

बुद्ध परिपथ निर्माण गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरूयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता भएको बताएकी छन्। २५६३औं बुद्ध जयन्ती समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै उनले गुरूयोजना लुम्बिनी विकासको मेरुदण्ड भएकाले छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइन्। उनले लुम्बिनी गुरूयोजना छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षणसमेत गराइन्। ‘राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको लुम्बिनी गुरूयोजनालाई सफल बनाउने दायित्व सरकारको हो। यसलाई छिटन गराउन सरकारको ध्यानाकर्षण गराउँछु,’ राष्ट्रपति भण्डारीले भनिन्।

विरहा संस्कृतिमा रमाउँदै पर्यटक

पर्यटकीय क्षेत्र लुम्बिनीनजिकै बसोबास गर्ने कलाकार भएकाले कलाबाट आम्दानी लिन पछिल्लो समय उनीहरूले बुद्धको जीवनीसम्बन्धी गीत गाउन थालेका हुन्।

मुख्यमन्त्री पोखरेल पत्नीसहित सार्वजनिक बसमा सरर...

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पत्नीसहित बुटवलबाट सार्वजनिक बस चढेर लुम्बिनी पुगेका छन्।रुपन्देहीका विभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उद्घाटन गरेर मुख्यमन्त्री पोखरेल पत्नीसहित उक्त बसमा चढेर लुम्बिनी पुगेका हुन्।

चीनको ल्हासा हुँदै लुम्बिनीसम्म रेल चलाएर २० लाख बौद्ध धर्मावलम्बी भित्र्याउँछौंः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले शान्ति, खुसी नेपाली विना देशले समृद्धि हासिल गर्न असम्भव रहेको बताएका छन्। गौतम बुद्धको २५६३ औं जन्मजयन्तीका अवसरमा शनिबार बौद्धमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै मन्त्री थापाले शान्ति विना आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको लागि अहिलेको सरकार लागि परिरहेको बताए। त्यस्तै मन्त्री थापाले समाजको विकासको लागि दिगो शान्ति आवश्यक रहेको भन्दै शान्तिको माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।

लुम्बिनीमा शान्ति यात्रा (फाेटाेफिचर)

आज २५सय ६३ औं बुद्ध जयन्ती लुम्बिनीमा भब्य रुपमा मनाइदै छ । एदै छ । हरेक बर्ष बैशाख शुक्ल पुर्णिमाका दिनलाइ गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झना स्वरुप मनाउने गरिन्छ ।

लुम्बिनीमा प्रधानमन्त्री ओलीले गरे अढाई हजार बिरुवा रोप्ने कार्यक्रमकाे उदघाटन

आज २५सय ६३ औं बुद्ध जयन्ती लुम्बिनीमा भब्य रुपमा मनाइदै छ । हरेक बर्ष बैशाख शुक्ल पुर्णिमाका दिनलाइ गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झना स्वरुप मनाउने गरिन्छ । बुद्ध जयन्ती मनाउने क्रमा निकालिएकाे -यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागिता जनाउँदै लुम्बिनी परिसरमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमकाे उदघाटनसमेत गरेका छन्।

शान्ति बगैँचामा गुराँसको सट्टा सल्ला

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’को लोठसल्लाको विरुवा रोपेर शुभारम्भ गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा ‘बेइजिङ एक्स्पो’को गत आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका थिए।

राष्ट्रपति भण्डारीले बेइजिङमा सल्लो रोपिन् (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’मा लोठसल्लाको विरुवा रोपेर उद्घाटन गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा रहेको बेइजिङ एक्स्पोको आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका हुन्।

बुद्धसँग यौनका कुराहरू

गौतम बुद्धको जन्म ईसापूर्व ५६३ मा कपिलवस्तु नामको एउटा सानो शाक्य गणराज्यको पूर्वस्थित लुम्बिनी बगैंचामा भएको थियो। त्यति बेलाको समाज वा सामाजिक मूल्यमान्यताहरू धर्मराउँदो अवस्थामा थियो। बुद्धभन्दा निकै अघि वेदमा आधारित वैदिक परम्पराले जड गाडेको थाहा पाइन्छ तर अचेलका पण्डितले भन्ने गरेजस्तो भूगोलको सबै क्षेत्रमा यसको प्रभाव समान थिएन।

दोस्रो लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ टुर्नामेन्ट सम्पन्न

लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यही वैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुईदिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ। युवा र प्रौढ गरी दुई समूहमा विभाजित टुर्नामेन्टमा ९७ जना खेलाडीको सहभागिता रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

नयाँ वर्षमा पर्यटकीय स्थल भरिभराउ

कुनै बेला पर्यटक नभएर सुनसान हुने रुपन्देहीका पर्यटकीय क्षेत्रमा आजभोलि अप्रत्याशित रुपमा आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ। बुटवल र आपासका पार्क तथा पर्यटकीय क्षेत्रमा अप्रत्याशित रुपमा आन्तरिक पर्यटक बढ्न थालेका हुन्।

स्पेनको म्याड्रिडमा लुम्बिनी बनाउन सम्झौता

स्पेनको म्याड्रिड सहरमा नेपालको जस्तै लुम्बिनी बन्ने भएको छ। लुम्बिनी संस्कृति नगरपालिकाका मेयर मनमोहन चौधरीले त्यहाँ बुद्ध पार्कसहित लुम्बनी बनाउनका लागि म्याड्रिड नगरपालिकासँग सम्झौता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्