२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बुद्धभूमीमा 'शंकर ताण्डव'

आइतबार बिहानबाट लुम्बिनी प्रदेशमा सुरु भएको राजनीतिको नौटंकी अझै जारी छ । राजनीतिक घट्नाक्रम, अनुमान विश्लेषण धुरन्धर बिश्लेषक समेतलाई चकित पार्दै मुख्यमन्त्री शंकर पोखरेलले बुद्धभूमि लुम्बिनीमा ८ रेक्टर को भूकम्पको झड्का पटकपटक दिएर आफूलाई राजनीतिको डन साबित गर्दैछन् ।

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः विस्तार

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ। मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

लुम्बिनीमा 'शंकर लीला' : अल्पमतमै मुख्यमन्त्रीको 'पगरी'

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान एकाएक राजीनामा दिएपछि प्रदेशको राजनीति तरंगित बन्न पुग्यो । राजीनामासंगै मुख्यमन्त्री पोखरल प्रदेश छोडेर उपल्लो (केन्द्रीय) राजनीतिमा सकृय हुन खोजेको केही लख काटिए । तर उनको राजीनामा पद छोड्ने मनस्थितीले आएको भने थिएन । यो राजीनामाले उनको ‘सत्ता लालसा’ को उच्चतम् नमुनालाई उदांगो पार्दै थियो । संसदमा अविश्वासको प्रस्ताव टेवल भैसकेको थियो ।

चार दल भन्छन्ः मुख्यमन्त्री पोखरेलविरुद्ध कानुनी र राजनीतिक लडाइ लड्छौं

लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ गराएको भन्दै विपक्षी चार दलले कानूनी लडाइ लड्ने बताएका छन्।

लुम्बिनी प्रदेशः एमाले छोडेका दुई सांसद फेरि एमालेमै

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही एमालेमै फर्किएका छन्।

लुम्बिनी प्रदेशको घट्नाप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोख्रेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

संसद् छल्न राजीनामा र पुनर्नियुक्तिको नाटक

मुख्यमन्त्रीले राजीनामा गरेर आइतबार एमालेका तर्फबाट ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएपछि एमालेकै केही सांसदले त्यसको प्रतिवाद गरे। दाङबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमा लागेको र आफ्नो हस्ताक्षर एमालेले दुरुपयोग गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराइन्।

विवादकैबीच पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा लगेर खाए सपथ

अन्ततः विवादकैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै कार्यालयमा सपथ ग्रहण गरेका छन्।

सांसद र प्रहरीबीच झडपः डिआइजीले नै सांसदलाई पारे लछारपछार!

लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिषर अगाडी प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको छ। नियुक्ती नहुँदै अल्पमतमा परेका शंकर पोखरेललाई सपथ खुवाउन जान भन्दै प्रदेश प्रमुख कार्यालयबाट निस्कन लाग्दा विपक्षी दलका सांसदले रोक्न खोजेपछि झडप भएको हो।

शंखर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त

एमाले नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

शान्ति भूमिमा अशान्त राजनीति

अहिले कोरोनाको महामारी छ। केन्द्रले कोरोनासंग कसरी जुध्नेभन्दा पनि कसरी आफ्नो सत्ता जोगाउनेतर्फ लागेको छ। आइतबार मात्र प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटे । कोरोना संक्रमणको बारेमा कुरा गर्न भनेपनि कतिपयले लुम्बिनीको बढ्दो राजनीतिक तापक्रम चिसो पार्न शितल निवास पुगेको अनुमान गरे ।

लुम्बिनी प्रदेशः सांसद विमला खत्री माओवादीमा प्रवेश, पोखरेल अल्पमतमा

लुम्बिनी प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने योजनामा रहेका मुख्यमन्त्री शंकर पोखरेल थप संकटमा परेका छन्। प्रदेश सभा सदस्य विमला खत्री माओवादीमा प्रवेश गरेपछि पोखरेल अल्पमतमा परेका छन्।

पोखरेलकै नेतृत्वमा सरकार बनाउने एमाले संसदीय दलको निर्णय

प्रदेश सरकारको मुख्यमन्त्रीबाट पोखरेलले आज बिहान राजीनामा दिएपछि बसेको एमालेको संसदीय दलको बैठकले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको एमाले संसदिय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए। मुख्यमन्त्री पोखरेल बिरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै थियो।

लुम्बिनी प्रदेश : चिन्ता 'फ्लोर क्रस' कै

अहिले सम्म फ्लोर क्रस गर्ने वा नगर्ने भन्ने बारेमा माधव/झलनाथ समूहले कुनै तयारी गरिनसकेको साे समूहका एक केन्द्रीय सदस्यले जनाए । ‘फ्लोर क्रस गर्ने कि नगर्ने भनेर अहिले सम्म माननीय ज्यूहरुलाई केहि भनिएको छैन,’ ति केन्द्रीय सदस्यले भने ‘अब मतदानमा के हुन्छ ? भन्ने कुराले अर्थ राख्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्