९ आश्विन २०८१ बुधबार
image/svg+xml

अध्यक्ष दाहाल र नेपालबीच आगामी निर्वाचन तयारीबारे छलफल

दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो। यस्तै, आगामी मंसिर ४ गते हुने संघीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो।

गिरीको निधनबाट नेपाली राजनीतिमा अभावको अनुभूति भएको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन्।

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरु को-को परे पदाधिकारीमा? (नामावलीसहित)

महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ भने वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा प्रस्ताव भएका छन्। त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन्।

राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी

बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ।

चुनावअघि बाबुराम भट्टराईसँग एकताको सम्भावना छैन: अध्यक्ष दाहाल

शुक्रबार गोरखाको एक कार्यक्रममा बोल्दै दाहालले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने बताए।

सुशासन स्थापना र विकासको निम्ति सबै दलको सामूहिक भूमिका आवश्यकता: अध्यक्ष दाहाल

शुक्रबार काठमाडौँमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताएका छन्।

माओवादीमा पदाधिकारी प्रस्ताव महासचिवमा देव गुरुङ

उपमहासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र गिरिराजमणि पोखरेलाई प्रस्ताव गर्ने दाहालको तयारी छ। महासचिवका दाबेदारहरू महरा, भुसाल, शर्मा, पुन र गजुरेललाई दाहालले उपाध्यक्ष र उपमहासचिवमा व्यवस्थापन गर्ने भएका हुन्।

कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया भइरहेको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका छन्।

दाहालका घरबेटी अधिकारीको कम्पनी शैलुङ कालोसूचीमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भएकै कारण विभिन्न ठाउँमा सडक बनाउने ठेक्का लिएर पनि समयमा काम नसकेको भन्दै सार्वजनिक रूपमा ठेकेदार शारदाप्रसाद अधिकारीको आलोचना हुँदै आएको छ।

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय। डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए।

ठक्करै–ठक्कर खाएपछि अन्ततः एकै ठाउँमा

२०७२ असोजमा तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेका बाबुराम भट्टराई त्यसबीचमा विभिन्न दल परिवर्तन गर्दै करिब ७ वर्ष हन्डर र ठक्करपछि माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्न तयार भएका छन्।

'बाबुरामसँगै मिलेपछि कसैले रोकेर रोकिदैनाैं, चुनावपछि नेकपा एससँग पनि एकता हुन्छ'

बामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा बाबुराम र प्रचण्डसँगै उभिनुको ठुलो अर्थ र महत्व रहेको उनले बताए। चुनावपछि माधव नेपालसँग एकता गर्ने सहमती छिट्टै बनाउने उनको भनाइ छ। उनले एकता संयोजन समिती बनाउने तयारी भइरहेको पनि बताए।

विगतमा सिंगापुर र स्वीट्जरल्याण्ड जस्तो भनेपनि अब नेपालको विकास नेपाली मोडेलकै हुनुपर्छ: प्रचण्ड

सोमबार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताएका हुन्।

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ: प्रचण्ड

'सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका व्यक्ति समूहलाई सँगै लिएर जानुछ, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई अगाडि बढाउनुछ,' उनले भने। 'वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो।'

चुनावी ‘कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. भट्टराई

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्