२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।

४ महिनामा ४ लाख पर्यटक आउलान् त ?

सरकारी लक्ष्य पुरा गर्न अबको चारमहिनामा कम्तिमा चारलाख विदेशी पाहुना भित्रिनुपर्ने हुन्छ। अहिलेको आगमनको आकारका आधारमा अबको चारमहिनामा चारलाख विदेशी पर्यटक नेपाल आउलान त? पर्यटन बोर्ड भन्छ, ‘मुख्य सिजनको सुरुवाती समय भएकोले अबको चारमहिनामा चारलाख विदेशी पाहुना भित्रिने अपेक्षा गर्न सकिन्छ।’

आठ महिनामा भित्रिए ६ लाख पर्यटक

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन्।

आठ महिनामा नेपालमा ६ लाख विदेशी पर्यटक भित्रिए

सरकारले यो वर्ष (२०२३) मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर, आठमहिना (जनवरी–अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या ६ लाख नाघेको छ। अगष्ट महिनामा मात्र नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ६७ हजार १ सय ५३ रहेको छ ।

विदेशी पर्यटक आगमनः झन्डै ४५ प्रतिशत पाहुना सार्क मुलुकका

२०२३ जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट मात्र ५७ हजार ७ सय २६ जना विदेशी पर्यटक भित्रिए। ती मध्ये २५ हजार ७ सय १४ जना सार्क मूलूकका पाहुना छन्। महिनाभर भित्रिएका विदेशी पाहुना मध्ये करिब आधा पाहुना सार्क मुलुकका रहेको तथ्यांकले देखाउँछ। जुलाई महिनामा भित्रिएका विदेशी पर्यटकमध्ये ४४.५ प्रतिशत सार्क मूलुकका छन्।

पर्यटन व्यवसायी भन्छन्: तथ्यांकमा पाहुना बढे पनि आम्दानी बढेन

नेपाल भित्रिने विदेशी पाहुनाको आकार कोरोना अघिकै अवस्थामा फर्किन थालेपनि पर्यटन व्यावसायी भने त्यो अनुसारको आम्दानी हुन नसकेको भन्दै सन्तुष्ट छैनन। पाहुना आगमनमा तथ्यांकगत रुपमा सुधार देखिएपनि व्यावसायीको आम्दानी त्यो अनुसार बढाउन नसकेको उनीहरु बताउँछन।

दशलाख विदेशी पर्यटक भित्र्याउन कत्तिको सहज?

कोरोना भाइरस संक्रमणका कारण नेपालको पर्यटन बजार निकै नै कमजोर बनेको व्यावसायीले बताईरहेका छन। संक्रमण कमजोर भइसक्दा पनि विदेशी पर्यटकको आगमनले सोचेजति गति लिन नसकेको व्यावसायीको भनाई छ। तर, सरकारले भने २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ। यदी सरकारले राखेको लक्ष्य अनुसार पर्यटक आगमन हुने नै हो भने राहत मिल्ने व्यवसायीले बताएका छन्।

पर्यटकबाट आर्जन हुने विदेशी मुद्रा १९० प्रतिशतले बढ्याे

कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।

दर्जन नयाँ तारे होटल थपिए

पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।

विदेशी पर्यटक आगमनमा सुधार हुँदै, फेब्रुअरीमा ७३ हजार बढी पाहुना भित्रिए

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि यो फेब्रुअरीमा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी पर्यटक भित्रिएका छन्।

विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ।

पर्यटनमा दलीय प्रतिवद्धता

तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन्।

पाहुना आगमनः दश महिनामा ४ लाख ७३ हजार ५६३ विदेशी भित्रिए

कोरोना भाईरस संक्रमणले करिब दुईवर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ। त्यसको प्रमाण हो, यो अक्टोवरमा नेपालमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिएका छन्। सन् २०२२ को दशमहिना अवधिमा नेपालमा ४ लाख ७३ हजार ५६३ जना विदेशी पर्यटक भित्रिएका छन्।

विदेशी पर्यटक आगमन बढ्दै, अप्रिलमा ५८ हजार बढी भित्रिए

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ। यो अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार कोरोना संक्रमण सुरु भएपछिको यो नै सबैभन्दा ठुलो आगमन संख्या हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्