४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखराः मेयरको उम्मेदवार छान्न एमालेमा मतदान हुँदै

पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतबाट उम्मेदवार चयन गरिने महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए। एमाले महानगर कमिटीमा ११० सदस्य रहेका छन्।

पाहुना तान्न पोखरामा सडक महोत्सव

पोखरामा बुधबारदेखि ‘सडक महोत्सव’ सुरु भएको छ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि लेकसाईडमा महोत्सव सुरु भएको हो। बिहीबारसम्म हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे।

पोखरा भन्छः हेर्न र बस्नलायक सहर बनाउने मेयर देउ

पोखरा महानगरपालिका आफैमा सुन्दर पर्यटकीय सहर हो। यसलाई अझ सुन्दर बनाउने जिम्मा जनप्रतिनिधिको पनि हो। त्यसैले पोखरेली भन्छन्, ‘अघिल्लो पटक जितेका प्रतिनिधिको कामको मुल्यांकन गरिरहेका छौ। तर, अब जनप्रतिनिधि बन्न चाहनेले पोखरालाई कस्तो बनाउने भनेर एक कदम अघि बढेर सोच्नुपर्ने हुन्छ।’ जुनसुकै राजनीतिक दलबाट उम्मेदवार बनेर पोखरा हाँक्ने जिम्मा लिएपनि ती प्रतिनिधिले पोखरालाई थप बिग्रन नदिन थुप्रै काम गर्नुपर्ने पोखरेलीको भनाई छ।

खेलकुदमा २०७८: आठ महिना शून्य, चार महिना व्यस्त

त्रासै त्रासको बीचमा रुमलिएको खेलकुदले यो वर्ष फड्को मार्यो। पछिल्लो चारमहिना यता खेलकुदका गतिविधिले गतवर्षको कोभिड–१९ को सन्त्रासलाई ओझेलमै राख्यो। खेलकुद गतिविधिले पोखरालाई खेलकुदकै राजधानी भएको थप प्रष्ट्याईदियो। एकपछि अर्को गरी आयोजना गरिएको खेलकुद प्रतियोगिताले खेलाडीलाई पनि व्यस्त बनायो। आठमहिना शून्यता रहँदा पुस यता खेलाडीको व्यस्तता बढ्यो ।

एमालेबाट पोखरामा मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाको दाबेदारी

आगामी वैशाख ३० गते हुने चुनावमा पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा र राजिव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, भीम कार्की, दीपक पौडेल, पुष्पज्योति ढुंगाना, दर्शन लामा, बालासिंह काउछा मगर, प्राडा विश्वकल्याण पराजुली, पुष्पराज अधिकारी र सावित्री भण्डारीले नाम दर्ता गराएका छन्।

पोखरा महानगरमा कांग्रेसको दावा

स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा सत्तारुढ गठबन्धनका अरु दलले दावी गरिरहँदा कांग्रेसले भने मेयर छाड्न नसकिने बताएको छ। कुनैपनि हालतमा पोखरा महानगरको मेयरको उम्मेदवारी पाउनुपर्ने कांग्रेसको दावी छ। मेयरको उम्मेदवारी कांग्रेसलाई दिलाउन दलका नेताहरु ‘डेलिगेसन’ नै गएका छन्।

पोखरामा मेयरसहित दश वडामा 'अटेरी उम्मेदवार'

पोखरा महानगरपालिकाको मेयरसहित विभिन्न वडामा गैर राजनीतिक व्यक्तिले उम्मेदवारी घोषणा गरेका छन्। गैर राजनीतिक ती उम्मेदवारहरुले आफूहरुलाई ‘अटेरी उम्मेदवार’ को नाम पनि दिएका छन्।

महानगर खेलकुद विकास समितिलाई पूर्णता

लामो समयपछि महानगर खेलकुद विकास समितिले पूर्णता पाएको छ। नवगठित महानगर समितिका सदस्यहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सपथ तथा गोपनियताको सपथ खुवाए।

होटल संघ पोखराले रेवानकै शैलीमा सडक महोत्सव गर्ने

महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुईवटा ठूला स्टेज बनाइनेछ। जहाँ हरेक दिन दिउँसो लोकदोहोरी, हास्यव्यंग्य, नृत्य र लाइभ पप कन्सर्ट आयोजना हुनेछन्। यसअघि एउटा मात्रै स्टेजमा हुने गरेको कार्यक्रम यस वर्ष दुई स्टेजमा हुने अध्यक्ष सुवेदीले बताए।

फेवाताल किनारमा नव वर्ष महोत्सव

कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।

तुवाँलोले हवाई उडानमा सधैं पिरलो

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पछिल्लो एक सातादेखि दिनहुँ आधाजसो उडान रद्द भइरहेका थिए। एक सातापछि सोमबार बल्ल तोकिएका सबै उडान हुन सकेको उनले बताए। पछिल्लो समय पोखरा विमानस्थलबाट दिनमा करिब तीन दर्जन (एकतर्फी) उडान हुने गरेका थिए। त्यसबाहेक अल्ट्रालाइट र हेलिकप्टरको उडान पनि उत्तिकै हुने गरेको थियो।

स्थानीय तह निर्वाचनः पोखरामा झन्डै ४० हजार नयाँ मतदाता

पोखरा महानगरमा मात्र ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन्। ती मतदाता पहिलो पटक निर्वाचनमा मत दिँदैछन्। यसअघि २०७४ मा स्थानीय तह निर्वाचन हुँदा पोखरा महानगरपालिका भित्र १ लाख ६८ हजार ६७ जना मतदाता थिए। थपिएका सहित यो पटकको निर्वाचनमा २ लाख ७ हजार ७ सय १२ जनाले मत दिँदैछन्।

पोखराका मेयरका आकांक्षीः व्यवसायीदेखि प्राध्यापकसम्म

अगामी स्थानीय तहको निर्वाचनमार्फत पोखरा महानगरको नेतृत्व लिने चाहना बोकेर अहिले राजनीतिक दलका नेतासँगै व्यवसायी पनि अगाडि सरेका छन्। विभिन्न दलसँग निकट रहेका ती व्यवसायी अहिले कुनैपनि हालतमा उम्मेदवारी आफुले पाउनुपर्ने तर्क राखेर सक्रिय भएका छन्। प्राध्यापक पनि प्राध्यापन पेशा छाडेर राजनीतिमा होमिएका छन्।

हवाई उडानमा तुँवालो बाधक

एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः विदेशीबाट काम फत्ते सरकारी निकाय उदासीन

चिनियाँ ठेकदार कम्पनीले काम सकेर विमानस्थल हस्तान्तरण गरे पनि सरकारी तहबाट हुनुपर्ने रिट्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र भेलबाढी व्यवस्थापनको काम भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्