७ आश्विन २०८१ सोमबार
image/svg+xml

सुदूरपश्चिम प्रदेशः एमालेद्वारा तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले सरकारबाट फिर्ता हुने पार्टीको निर्णय अवज्ञा गरेको भन्दै तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ।

प्रधानमन्त्री ओलीका कारण संविधान नै संकटमा

एसोसिएसनले राष्ट्रपतिबाट प्रतिीनीधिसभाको विघटन गरी महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा गर्नुलाई असंवैधानिक निर्णय भएको जनाउँदै सो असंवैधानिक निर्णय खारेज गर्न पनि माग गरेको छ।

प्रदेश सरकारको समर्थन पछि एमाले संसदिय दलको बैठक सुरु

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदिय दलको बैठक धनगढीमा सुरु भएको छ। एमाले पार्टीले प्रदेश सरकारको समर्थन फिर्ता लिएपछि प्रदेश सरकारका बारेमा छलफल गर्न संसदिय दलको बैठक बसेको बताइएको छ। माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई माधव पक्षका सासंदहरुको समर्थन रहदै आएको थियो। एमालेको सोमवार वसेको स्थाई कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

ओली ब्रो, फेरि 'तिमी' भने भनेर गुनासो चाही नगर्नु नि, तिमी पनि 'तिमी' कै लायक छौंः मिलन पाण्डे

ओलीको यो धुन्धुकारी प्रवृत्तिविरुद्ध सबै मिलेर लड्न आह्वान गर्दै नेपाली समाजको डिएनए लोकतन्त्रवादी रहेको र धेरै प्रयास हुँदा पनि राणा-राजाले समेत लोकतन्त्रलाई ढलाउन नसकेको इतिहास स्मरण गराएका छन्।

चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्पष्ट गरेका छन्। विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए।

एमालेले गर्‍याे नेपालसहित ११ सांसदलाई कारबाही, सुरुमा स्पष्टीकरण मागिने

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपाल समूहका ११ सांसदलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी नेता एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए।

सरकार बन्ने र भत्कने खेलको कारण एमाले विवाद

एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो। एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ।

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दावी

एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित दाबी पेश गरेका छन्। संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दाबी गरेका हुन्।

बादलले दिए देवकोटालाई बधाई

पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता शुरू भएको जनाए।

ओलीलाई नेपाल समूहको साढे ४ बजेसम्मको अर्को अल्टिमेटम

नेकपा एमालेकाे नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ।

प्रधानमन्त्री ओलीले पाए एकल निर्णयको अधिकार, मान्ला त नेपाल पक्षले ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रका र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार दिएको हो।

नेकपा एमालेले गर्‍यो नेपालसहित ४ नेताको कारबाही फुकुवा

नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ ।

सामूहिक राजीनामा दिएर अपराध नगर्न प्रधानमन्त्री ओलीको आग्रह (विज्ञप्तिसहित)

आइतबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्षको नाताले प्रेस विज्ञप्ति जारी गर्दै माधव समूहलाई सामूहिक राजीनामा दिए त्यसले पार्टीको मात्र नभएर देशकै लागि समेत राम्रो नहुने भन्दै सामूहिक राजीनामा नगर्न आग्रह गरेका हुन्।

बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपनः नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महामारी नियन्त्रण गर्नतर्फ ध्यान नदिएर अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्