८ मंसिर २०८१ शनिबार
image/svg+xml

पानी खाने एआई

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग आश्चर्यजनक रूपमा बढेको छ। तर यसको लोकप्रियताले सबैभन्दा बढी मार भने पानीलाई परिरहेको छ।

हाम्रा पुर्खाले कहिले छाडे अफ्रिका?

मानव जातिका प्राचीन पुर्खाले अफ्रिका करिब २५ लाख वर्षअघि त्यागेर अघि बढेको पुरातत्व विज्ञहरूले जनाएका छन्।

अटिजम अध्ययनमा अवरोध

अटिजमपीडितहरूको उमेरअनुसार मस्तिष्क वृद्धि रोकिन्छ। वयस्क भए पनि उनीहरू बालबालिकाकै मस्तिष्क बोकेर हिँडिरहेका हुन्छन्।

अब एआई प्रेमिका

प्रेमिका फेला पार्न सकिरहनु भएको छैन भने अब एआईमै खोज्न सक्नुहुन्छ। क्यारेक्टर डट एआई र इभा एआई जस्ता एपमा पैसा तिरेर तपाईंलाई प्रेमिल या आत्मविश्वासले ओतप्रोत प्रेमिका मन पर्छ, छान्न सक्नुहुन्छ।

दशकअघि नै पृथ्वीको औसत तापक्रम १.८ डिग्री

पृथ्वी सतहको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियसको सीमा सन् २०१० ताका नै पूरा भएको र सम्भवतः यतिबेला पृथ्वी १.८ डिग्री सेल्सियस पुगिसकेको आँकलन केही वैज्ञानिकको छ।

पर्यटक नचाहने पेरिसवासी

‘एमिली इन पेरिस’ नेटफ्लिक्स शृंखलाका कारण पर्यटकको संख्या बढेको भन्दै यो शृंखलाको निरन्तरताका लागि पेरिस शहरले नेटफ्लिक्ससँग यसको निरन्तरतासँगै अन्य विभिन्न सम्झौता गरेको छ।

स्त्रीद्वेषी सञ्जाल

पछिल्ला केही वर्षयता सामाजिक सञ्जाल स्त्रीद्वेषी हुन थालेको शोधमा संलग्न विज्ञहरूले जनाएका छन्। यस्ता सामाजिक सञ्जालले पस्कने मूलतः भिडियोहरू स्त्रीद्वेषी हुने र तिनले बालबालिकालाई नराम्रो प्रभाव पारिरहेको समेत अध्ययनले औँल्याएको छ।

चुरोट त्याग्नुस्, क्यान्सर घटाउनुस्

जुनसुकै उमेरमा पुगेको व्यक्तिले धूमपान त्याग्न सक्दा क्यान्सरको खतराबाट जोगिने शोधकर्ताहरूले जनाएका छन्।

मार्को पोलोको परित्यक्त घर

यस वर्ष मार्को पोलोको मृत्यु भएको सात सय वर्ष पूरा हुन्छ। सानासाना कुराको महोत्सव मनाउने इटालीले यो अवसरलाई कसरी चुक्न देला र!

अन्तरिक्षमा क्यान्सर उपचार खोजिंदै

गम्भीर किसिमको उपचारका लागि अब शून्य गुरुत्व (जिरो ग्राभिटी) भविष्यमा ठूलो व्यापार बन्ने अध्ययनले देखाएको छ।

जो पढ्छ, उसको आयु बढ्छ!

जो नियमित रूपमा स्कुल र कलेज जान्छ, उसले लामो आयु पाउँछ भनी विज्ञहरूले बताएका छन्। बेलायत, अमेरिका, चीन, ब्राजिलजस्ता मुलुकमा गरिएको अध्ययनले हरेक वर्ष स्कुल/कलेज जाने नियमित विद्यार्थीको आयु प्रतिवर्ष दुई प्रतिशतका दरले बढ्ने गरेको देखिएको छ।

जर्मनीमा नवनाजी पार्टीलाई सहयोगमा रोक

सबै किसिमका विचारहरू फलुन् फुलुन् भन्ने उद्देश्यले जर्मनीले साना–ठूला पार्टीहरूलाई केही मौद्रिक सहयोग गर्छ।

हातेझोलाले ल्याएको बबन्डर

दक्षिण कोरियाली प्रथम महिला किम कियोन हीले गएको डिसेम्बरमा नेदरल्यान्ड्स यात्राका बेला प्लेनबाट झर्दै गर्दा डायर कम्पनीको २२ सय डलर पर्ने हातेझोला बोकिन्।

डेनमार्कलाई अमान्य एडप्सन!

अन्य देशका बालबालिकालाई अपनाउने वा कोख लिने (एडप्सन) क्रममा व्यापक अनियमितता भएको भन्दै डेनमार्क इन्टरनेसनल एडप्सन एजेन्सीले कार्यालय नै बन्द गर्ने भएको छ।

‘सिन्ड्रेला साइन्स’को सुखद समाचार

पश्चिमा लोककथाकी प्रख्यात पात्र छिन्– सिन्ड्रेला। सिन्ड्रेला ज्यादै गरिब हुन्छिन्, त्यसैले हेपिएकी हुन्छिन्। अकस्मात राजकुमारको नजरमा परेपछि उनको जीवनमा कायापलट हुनपुग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्