१ मंसिर २०८१ शनिबार
image/svg+xml

'भ्रष्टाचारीलाई कारबाही गरेर देखाउने हिम्मत छ, प्रधानमन्त्री ज्यू?'

नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले सरकारले भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताएकी छन्। काँग्रेस केन्द्रीय सदस्य कोइरालाले सरकारका कमिकमजोरी औल्याइदिनेको आवाज बन्द गर्दै आफ्ना नजिकका भ्रष्टाचारी अपराधी संरक्षणमा सहज वातावरण तयार गरिरहेको बताएकी हुन्।

नेपाल ट्रस्टमा सरकारद्वारा नीतिगत भ्रष्टाचार : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल ट्रष्टअन्तर्गतको गोकर्ण रिसोर्टको बहुमूल्य जग्गा बिनाप्रतिस्पर्धा निश्चित समूहलाई दिएर सरकारले नीतिगत भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ।

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया बढैयाताल गाउँपालिकको भौतिक पूर्वाधार निर्माणमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

'भ्रष्टाचार कम गर्न सघाउ'

अर्थमन्त्री युवराज खतिवडाले भ्रष्टाचार नियन्त्रण र न्यूनीकरणमा लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

लेखापरीक्षकले आर्थिक अनियमिततालाई मिलाउँदा भ्रष्टाचार बढ्यो : अख्तियार प्रमुख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले लेखापरीक्षकहरुका कारण भ्रष्टाचार बढ्दै गएको बताएका छन्।

भ्रष्टाचारमय मुलुक

नेपालले पनि भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनायो। अहिले नेपालमा भ्रष्टचार नियन्त्रण वा निवारणमा माथिल्लो तहको नेतृत्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको छ। यो भ्रष्टाचार निवारण कामको वर्तमान खातापाता उल्ट्याउनुपर्नुपर्छ भन्ने लाग्छ। भ्रष्टाचारविरुद्धको अभियानले भ्रष्टाचारी घटेको, भ्रष्टाचार न्यून हुँदै गएको सन्देश दिनुपर्नेजस्तो लाग्छ। तर भ्रष्टाचार बढिरहेको सन्देश पो दियो, अख्तियारले। पाँच हजार उजुरी थपियो रे।

देशमा भ्रष्टाचारको अवस्था भयावह छैनः नेता पौडेल

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले देशमा भ्रष्टाचारको अवस्था भयावह नभएको बताएका छन्। पत्रकार श्रीराम पौडेलसँग साप्ताहिक कार्यक्रम नागरिक फ्रान्टलाइन बोल्दै भ्रष्टाचारका विषयमा हल्ला मात्रै धेरै भएको बताएका हुन्।

न्यायपरिषद्का पूर्वलेखापाल भ्रष्टाचारी ठहर

विशेष अदालतले न्यायपरिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालले भ्रष्टाचार कसुर ठहर भएको छ।

चेक काण्डमा पूर्व रजिष्ट्रार श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा आरोप पत्र दायर गरेको छ।

अधिकृतको कमाइ साढे १० करोड !

२०४५ सालमा लेखापाल पदबाट सेवा प्रवेश गरेका कृष्णबहादुर बस्नेतको २०७६ असार मसान्तसम्मको वैध आम्दानी एक करोड ७८ लाख हुन आउँछ। तर उनले त्यस अवधिमा १० करोड ५६ लाख रुपैयाँ कमाएको अख्तियारको छानबिनबाट देखिएको छ।

दोषी ठहरिएका भारतीका लागि पुनः सुनुवाइ

थुनामा रहेकै अवस्थामा शम्भु भारतीले मुद्दामा फैसला गरेको नमिलेको भन्दै पुनः सुनुवाइका लागि अनुमति मागेका थिए।

‘सानो पाइला’माथि भ्रष्टाचार आरोप

जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भई वीरगन्जमा मुख्य कार्यालय राखेर काठमाडौंं, जनकपुर र अन्य जिल्लामा समेत कार्यक्रम सञ्चालन गर्दै आएको एउटा गैरसरकारी संस्थामाथि करोडौंको भ्रष्टाचार भएको आरोप लागेको छ।

‘भ्रष्टाचारमा संलग्नले छुट पाउँदैनन्’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार संयुक्त रूपमा आयोजना गरेको ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रय दिवस’को उद्घाटन गर्दै मन्त्री पोखरेलले भ्रष्टाचार गर्नेले राजनीतिक संरक्षण नपाउने दाबी गरेका हुन्।

राजनीतिक आडमा हुने भ्रष्टाचारलाई छुट दिइँदैन: उपप्रम पोखरेल

अख्तियारद्वारा आज यहाँ आयोजित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७६ कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक आडमा हुने कुनै पनि प्रकारको भ्रष्टाचारलाई छुट नदिइने दृढता व्यक्त गरेका छन्।

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

छिट्टै धनी हुने र धेरै पैसा कमाउने मानसिकताका कारण मानिसमा भ्रष्ट संस्कृति बढ्दै गएको पाइएको छ। भ्रष्टाचार समाजको विकृत रुप भए पनि त्यसलाई नियन्त्रणका लागि गरिएका प्रयाससमेत सार्थक बन्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्