३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशमा भ्रष्टाचारको अवस्था भयावह छैनः नेता पौडेल

काठमाडौं- नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले देशमा भ्रष्टाचारको अवस्था भयावह नभएको बताएका छन्। पत्रकार श्रीराम पौडेलसँग साप्ताहिक कार्यक्रम नागरिक फ्रान्टलाइन बोल्दै भ्रष्टाचारका विषयमा हल्ला मात्रै धेरै भएको बताएका हुन्।

‘एक अर्कामा चेक ब्यालेन्स भएर काम भएका छन्’, उनले प्रतिरक्षात्मक शैलीमा भने ‘जुन रफ्तारमा काम हुनुपर्ने थियो, त्यो चाँही भएन, कुन जनप्रतिनिधि खरबपती बनेका छन्?’

उनले यातायात र राजमार्गको क्षेत्रमा सरकारले धेरै सुधार गरेको बताए। नेपालका भौतिक विकासका कामहरु लगातार भैइरको नेता पौडेलले बताए। उनले सुशासनको क्षेत्रमा भने सुधार हुन नसकेको स्वीकार गरे। ‘सबैले लुटे भन्ने चै हैन, हल्ला नै धेरै भयो।’ उनले अहिलेको बजेटले आशावादी रहेको समेत बताए। ‘यो एकीकृत विकासको आशा जगाउने बजेट हो, हामीले २५ वर्षमा देशलाई मध्यमस्थरको बनाउने घोषणा बजेट मार्फत नै गरि सकेका छौं’, उनले भने।

गत आइतबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकका विषयमा पनि भ्रष्टाचार, गुटबन्दी, सीमा, विदेशी सहायताका विषयमा सदस्यहरुले सुझावसहितको धारण राखेको उनले बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन तथा पार्टी महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ। प्रतिवेदनमा सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, आगामी कार्ययोजनालगायत विषय उल्लेख छ। बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत कार्यसूची निर्धारण गरिएको छ।

नेता पौडेलले गुटबन्दीको समस्या सबै पार्टीमा भएको भन्दै उनले क्षमता अनुसार जिम्मेवारी दिनुपर्ने बताए। ‘नेकपाभित्र पनि गुटबन्दीको समस्या छ, हामी त्यसमा सच्चिनुपर्छ’ उनले भने। बालुवाटर जग्गाको विषयमा उनले नागरिकको हैसियतले महासचिव विष्णु पौडेलले किनेको बताए। ‘सरकारी जग्गा हडेपेर जग्गा किनेको हैन’ उनले भने।

उनले सीमाको विषयमा उनले सरकारले अग्रसरता लिइरहेको बताए। उनले भने, 'कुटनीतिक पहल भएको छ। ‘अहिले बम बन्दुक बोकेर जाने अवस्था छैन, वार्ता मार्फत सम्बन्ध सुधार गर्ने हो। अन्तराष्ट्रियकरण गर्दा क्षेत्रीय सम्बन्ध बिग्रिन्छ, हामी त्यो पक्षमा छैनौं।'

उनले भने 'एमसिसी, इन्डोप्यासिफिकका विषयमा मैले निकै मिहेनत गर्दै अध्यायन गरेको छु।' उनका अनुसार चिनको विआरआर रोक्न इन्डोप्यासिफिक आएको हो र देशको आत्मसम्मानलाई आँच नआउने गरी लगानी आवश्यक छ। उनले उपाध्यक्षको व्यवस्था गर्न विधान संशोधन गरिएको समेत स्पष्ट पारे।

प्रकाशित: २ पुस २०७६ १४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App