१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दुई तिहाईको सरकार नालायक : केसी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले दुई तिहाईको सरकार भएरपनि हत्या हिंसा रोक्न नसकेको भन्दै नालायक सरकारको संज्ञा दिएका छन्। दशैभर ३ बर्षिया बालिकादेखि ८३ बर्षिय बृद्धासम्म बलात्कृत हुँदा पनि दुई तिहाईको सरकारले अपराधी पत्ता लगाउन नसक्नु नालयकीपन भएको उनको भनाई छ। ‘प्रधानमन्त्री अरिंगाल बन्ने भन्दै हुनुहुन्छ तर एउटा अपराधी तीन महिनादेखि पत्ता लाग्दैन’, उनले प्रश्न गरे।

सरकारलाई कांग्रेसका ११ प्रश्न, संघीयता कमजोर बनाएको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता कमजोर बनाएको आरोप लगाएको छ। संविधान दिवसका अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संघीयतासहितको संविधान बनेको तथा निर्वाचनमार्फत प्रदेश सरकार गठन भइसक्दा पनि संघीयतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले ईच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको आरोप लगाए।

दुईतिहाइ बहुमत भएपनि ओलीले काम गर्नै जानेनन् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन्। यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए। गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा आज शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै यो सरकारले काम गरिरहेको छ।’

बेल्जियममा देउवा पक्षद्वारा पौडेलको कार्यक्रम बहिष्कार

युरोप भ्रमणमा रहेका नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएको कार्यक्रम कांग्रेसकै नेता र कार्यकर्ताले बहिष्कार गरेका छन्।

महिला हिंसा र भ्रष्टाचारविरुद्ध कांग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभर बढ्दो महिला हिंसा र भ्रष्टाचारविरुद्ध सोमबार कञ्चनपुरमा विरोध प्रदर्शन गरेको छ। स्थानीय तहमा विकास निर्माणका कामहरु गर्दा चरम भ्रष्टाचार गरेको भन्दै कांग्रेस कृष्णपुर नगरपालिकाको स्थानीय तह अनुगमन तथा पैरवी समितिले विरोध प्रदर्शन गरेको हाे।

सभापतिका कारण पार्टी संकटमा :  नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कारण पार्टी संकटमा रहेको आरोप लगाएका छन्। दुई साता लामो युरोप भ्रमणमा रहेका बरिष्ठ नेता पौडेलले नेपाली जनसम्पर्क समिति लग्जेम्वर्गको प्रथम अधिवेशन उद्घाटन गर्दै यस्तो आरोप लगाएका हुन्।

कांग्रेस संगठन सुदृढीकरण अन्योलमा

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीचको आन्तरिक विवादले नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान अन्योलमा परेको छ।

कांग्रेस नेता पौडेल युरोप भ्रमणमा

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा निस्केका छन्। पौडेलले शनिवार देखी करिब दुई साता लामो युरोप भ्रमण गर्न लागेको युवा जागरण अभियान नेपालका संयोजक चिन्तन पौडेलले जानकारी दिए।

देउवा र पौडेलपक्षीय विवादले केन्द्रीय समिति बस्नै सकेन

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच केन्द्रीय अनुशासन समिति संयोजकलाई लिएर विवाद हुँदा केन्द्रीय समितिको बैठक नबसी स्थगित भएको छ।

पौडेल पक्षले माग्यो अनुशासन समिति संयोजक

नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षले पार्टी अनुशासन समितिको नेतृत्व आफ्नो पक्षले पाउनुपर्ने निष्कर्ष निकालेको छ।

रगतले मात्रै बिपीको बिरासत धान्दैन : सुजाता

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएकी छिन्।

आजका लागि बिपी सन्देश

‘असल मान्छे बन्नु, ठूलो बन्ने चाहना नराख्नू’– बिपीले नेपाली समाजलाई एक आदर्श सन्देश दिनुभएको छ । आफ्नो एक उपन्यासकी पात्र मोदी आइन्मार्फत यस्तो सन्देश दिने बिपी कोइरालाको १०५ औंँजन्मदिवस नेपाली कांग्रेस र उहाँका अनुयायीले भदौ २४ गते गच्छेअनुसार मनाए।

कांग्रेसमा ‘चौतारो’को खोजी

दोलखा कांग्रेसको जिल्ला सम्मेलन आइतबार सकिएको छ। जिल्ला, क्षेत्रसहित गाउँदेखि वडा एकाइसम्मका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख र पदाधिकारीको सहभागिता रहेको संसदीय निर्वाचनपछिको सबैभन्दा ठूलो कार्यक्रम जिल्ला सम्मेलनलाई दोलखा कांग्रेसले यसपटक कार्यकर्ताका भावना सुन्नेगरी फरक शैलीमा सम्पन्न गर्ने निर्णय गरेको छ।

नगरको करविरुद्ध काँग्रेस

धुलिखेल नगरपालिकाको आर्थिक ऐन २०७५ लागू भएको करिब दुई महिनापछि नेपाली काँग्रेस नगर समितिले त्यसको विरोध गरेको छ।

सरकारबाट न्यायालयमाथि हस्तक्षेप भयो, भोलि कर्मचारीतन्त्रमा पनि हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन्। मुलुकमा बिस्तारै कम्युनिष्ट शासन स्थापित गर्न खोजिरहेको भन्दै यसका लागि सबै सतर्क रहनुपर्ने धारणा राखे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्