१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री बालेन भारत र पाकिस्तानसँग सहकार्य गर्न इच्छुक

प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र  प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गरेका छन्।  

प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र प्रधानमन्त्री शेहेवाज शरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशमा कृतज्ञता ज्ञापन गर्दै सहकार्यको प्रतिवद्धता व्यक्त गरेका हुन्।

 प्रधानमन्त्रीको कार्यालयको पोष्टमा भनिएको छ, ‘PM@narendramodi, तपाईंको स्नेह र शुभकामनाका लागि धन्यवाद। हाम्रा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि अघि बढाउन म तपाईंसँग निकट रहेर सहकार्य गर्न इच्छुक छु।’

त्यसैगरी, प्रधानमन्त्री शाहका तर्फबाट पाकिस्तानका सम्माननीय राष्ट्रपति, तपाईंको हार्दिक बधाइका शब्दको लागि धन्यवाद। म तपाईंको भावनाको प्रतिफलस्वरूप हाम्रो सम्बन्धलाई मैत्री र छिमेकीपना भावना अनुरूप अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याउँछु @PresOfPakistan  भनिएको छ।  

यसैगरी, Prime Minister @CMShehbaz तपाईंको हार्दिक बधाइको लागि धन्यवाद। हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ मजबुत बनाउने उद्देश्यले सँगै काम गर्न म तत्पर छु, प्रधानमन्त्रीले भनेका छन्।

प्रकाशित: १४ चैत्र २०८२ १७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App