१५ चैत्र २०८२ आइतबार
image/svg+xml
अपराध

मुगुका एमाले नेता बलात्कार आरोपमा पक्राउ

नेकपा एमाले मुगुका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार उनी पक्राउ परेका हुन् ।  

जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिला केही समयअघि माइतीघरमा अनशन पनि बसेकी थिइन् ।

 

प्रकाशित: १४ चैत्र २०८२ १७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App