नेपाली कांग्रेसले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा हतारमा हतास मनस्थितिमा गरेको आरोप लगाएको छ।
एमाले अध्यक्ष रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउपछि धारणा बनाउन बसेको बैठकबाट कांग्रेसले सरकारले विधि र शासन अनुसार अघि बढ्नुपर्ने सुझाएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसे कांग्रेसले पहिले नै उच्च स्तरीय आयोग गठन गर्न माग गरेको बताउँदै विधिको शासनलाई अँगालेर सरकार अघि बढ्नुपर्ने बताए ।
प्रतिवेदन अपारदर्शी रहेको २३ गतेको घटनालाई बोले पनि २४ गतेको घटनाका विषयमा नबोलेको भन्दै सरकारले प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।
प्रकाशित: १४ चैत्र २०८२ १८:०८ शनिबार




