१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

वर्षाले मध्यपहाडी लोकमार्ग निर्माण कार्य ठप्प

भोजपुर– लगातारको वर्षाका कारण पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तगर्त भोजपुर खण्डको निर्माणकार्य अवरुद्ध भएको छ। भोजपुर देउरालीदेखि चखेवासम्मको ४२ कतिकिलोमिटर खण्डको निर्माणकार्य बन्द भएको हो। वर्षाले भोजपुर लेगुवा खण्डमा ढुवानी हुन छाडेपछि आवश्यक निर्माण सामाग्री डिजेल, सिमेन्टलगायतको अभावका कारण असार मसान्तदेखि काम बन्द भएको इन्जिनियर रवीन्द्र महर्जनले बताएका छन्।

मनसुनकै ठूलो र फराकिलो वर्षा

काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएयता सबैभन्दा ठूलो र फराकिलो वर्षा सोमबार भएको जनाएको छ। पानी धेरै परेपछि देशभरका अधिकांश नदी र खोलाको पानीको सतह बढेको तथा ठुल्ठूला पहिरो जाने क्रम सुरु भएको छ।

पोखरा–बेनी सडक अबरुद्ध, वर्षाले ठाउँठाउँ पहिराे

पर्वत– वर्षाले ठाउँठाउँमा पहिरो जाँदा धौलागिरी प्रवेश गर्ने प्रमुख नाका अबरुद्ध बनेको छ। सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुंगा–बेनी सडक अवरुद्ध बनेको हो। कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड ठप्प छ।

पोखराको रामघाट जलमग्न, २४ घण्टामा २२३ मिलिमिटर वर्षा

पोखरा– लगातारको वर्षाले सेती नदीको रामघाट क्षेत्र डुवानमा परेको छ। रातभरीको वर्षाले नदीमा वहाव बढेको र निकास साँघुरो हुँदा रामघाट क्षेत्र जलमग्न भएको हो। पोखरामा पछिल्लो २४ घण्टामा करिब २२३ मिलिमिटर वर्षा भएको हावापानी कार्यालयले जनाएको छ।

मुलुकभर भारी वर्षा, १२ को मृत्यु २ जना बेपत्ता

गएरातिदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। अबिरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ।

लगातारको वर्षापछि वीरगन्ज जलमग्न, लाखौंको क्षति

वीरगन्ज– पछिल्लो समय लगातार भएको वर्षाका कारण वीरगन्जका अघिकांश भूभाग जलमग्न बनेका छन्। करिब ३ दर्जनका हाराहारीमा ट्रान्सपोर्ट कम्पनीहरु सञ्चालनमा रहेको आर्दशनगरका धेरै भूभाग डुबानमा परेका छन् भने शहरका अन्य भूभाग पनि डुबानमा परेका हुन्।

१२ वर्षपछि जनकपुरमा भारी वर्षा

जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार, बुधबार बिहान ८:३० देखि बिहीबार बिहान ८:३० सम्म ११८.२ मिलिलिटर वर्षा भएको छ।

जनकपुरमा १२ वर्षयताकै भारी वर्षा

जनकपुर– जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार बुधबार बिहान ८ः३० देखि बिहीबार बिहान ८ः३० सम्म १ सय १८ दशमलव २ मिलिलिटर वर्षा भएको छ।

आर्थिक वर्षान्त नजिकिँदा मर्जरको चटारो

असारमा किसानलाई धान रोपाइँ गर्न हतार भएजस्तै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएर एकीकृत कारोबार गर्ने चटारोमा छन्। नयाँ आर्थिक वर्षसँगै एकीकृत कारोबार गर्ने उद्देश्यले आर्थिक वर्षको अन्त्यमा मर्जरमा जानेको लहर नै चल्ने गर्छ।

'वर्षात् सडक कालोपत्र र टाल्नेलाई कारबाही हुन्छ'

काठमाडौँ– बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ।

सन्दर्भ वर्षायाम: प्रसंग उत्पादन

वर्षायाम भनेको नेपालको सन्दर्भमा उत्पादनको याम हो। कृषिमा निर्भर नेपालीहरु यही वर्षायाममा आफ्ना लागि उत्पादनको प्रक्रियामा संलग्न हुने गर्छन्।

मंगलबारसम्मै ‘भारीभन्दा भारी’ वर्षा

काठमाडौ-नेपालीले यसपालिको मनसुनलाई असार १ गते स्वागत गरे । कमजोर अवस्थामा पूर्वी नेपालबाट भित्रिएकाले सुरुमा यसले खासै तंरग ल्याउन सकेको थिएन।

माडीमा लगातार वर्षा, बाढीको खतरा बढ्यो

शुक्रबार बिहान सवेरैदेखि परेको वर्षाका कारण चितवनको माडी क्षेत्रमा बाढीको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले सजग रहन सूचना जारी गरेको छ ।

असनको गल्लीमा ‘भस्मे’ र वर्षाको ‘जात्रा’

काठमाडौं– मानिसको किनमेलले खचाखच रहने असनस्थित न्ह्योखा बहाल सोमबार भने जात्राको चलहपहलले भिन्न देखिन्थ्यो।

वर्षाले अधिकांश सडक अवरुद्ध

उदयपुर– ३ दिनदेखिको निरन्तर वर्षाले स्थानीय खोलाहरूमा पानीको बहाव बढेपछि यहाँका सडकमा यातायात अवरुद्ध भएको छ । अधिकतर सडक कच्ची भएकाले पनि यातायात आवागमन रोकिन पुगेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्