५ आश्विन २०८१ शनिबार
image/svg+xml

बढी भाडा लिई ठगी गर्ने तीन जना पक्राउ

प्रहरीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले छड्के चेकजाँच गर्ने क्रममा बढी भाडा लिई ठगी गर्ने तीनजनालाई शुक्रबार पक्राउ गरेको हो।

करिडोर सवारी व्यवस्थापनमा ट्राफिक

करिडोरमा समेत ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले छुट्टै ट्राफिक प्रहरी टोली खटाएर ट्राफिक जाम हल गर्ने भएको छ। महाशाखाले करिडोर सडक पनि व्यवस्थापन गर्न आवश्यक देखेपछि नयाँ योजना तय गरेको हो।

घुस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ। महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो।

उपत्यकामा सवारी चेकजाँचमा कडाइ

होलीको समयमा लापरवाही गर्दै सवारी चलाउने सवारी नियम तोड्ने जस्ता गतिविधि हुने भन्दै ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित प्रहरी परिचालन गरेको हो।

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिन अर्थमन्त्रालय असहमत

सरकारले ट्राफिक प्रहरीको दिदै आएको प्रोत्साहन भत्ता रोकेको छ। साेमबार अर्थमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै भत्ता तत्काल उपलब्ध गराउन नसक्ने भन्दै रोकेको हो।

तीनकुनेको खाली जग्गामा गुर्जो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५ सय वटा गुर्जोको विरूवा रोपेको छ ।

एमएडब्लू फाउन्डेसनबाट ट्राफिक प्रहरीलाई फेससिल्ड र मास्क

कोभिड–१९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।

छवि सुधार्न ट्राफिक प्रहरीले सुरु गर्‍यो 'नमस्ते अभियान'

ट्राफिक प्रहरीले गण्डकी प्रदेशमा नमस्ते अभियान सञ्चालन गरेको छ। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेशका ११ वटै जिल्लामा नमस्ते अभियान सञ्चालन गरेको हो।

ट्राफिक मुख्यालय सिल, प्रमुखसहित तीन सय बढी प्रहरी क्वारेन्टिनमा

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ। शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो।

सवारीसाधन गुडेपछि बढ्यो चहलपहल

सरकारले लकडाउन अन्त्य गरेपछि बुधबारदेखि उपत्यकालगायत देशभर नै चहलपहल बढेको छ। कोरोना भाइरस नियन्त्रणका लागिसरकारले करिब ४ महिनापछि लकडाउन खुलाएपछि यातायात, व्यवसायिक क्षेत्र, सरकारी कार्यालयलगायतमा चहलपहल बढेको हो।

मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले पुर्यो सडकका खाल्डा

घोराही तुलसीपुर सडक खण्डका विभिन्न स्थानमा सडक उप्किएर जिर्ण बनेपछि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुरेको छ । पिच उप्किएर सडकमा ठूल्ठूला खाल्डा परेपछि दुर्घटनाको उच्च जोखिम बढेको थियो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुर्न सुरु गरेको हो । काम थालेको हो । प्रहरीले सडकका खाल्डाहरूमा ग्राबेल बिछ्याएको छ ।

ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड

भरतपुर महानगरपालिकाको प्रमुख बजार क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड राख्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्