२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

सिन्धुलीमा ४६ प्रतिशत मत खस्यो

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुलीका दुईवटै निर्वाचन क्षेत्रमा हालसम्म करिब ४६ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विवादपछि स्थगित सिमकोटको मतदान पुनः सुरु

हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित कालसिम्ता आधारभूत विद्यालय कुम्लिगमा रहेको मतदान केन्द्रमा विवाद भएपछि केही समयका लागि मतदान प्रक्रिया स्थगित भएको छ।

अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ

राजपुर नगरपालिका वडा नम्बर ९ बैरियास्थित मतदान केन्द्रमा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा राजपुर नगरपालिका बैरियाका टोलका १८ वर्षीय अरजे हयात पक्राउ परेका हुन् ।

उत्साहजनक मतदाता सहभागिता, केही जिल्लामा रोकिएको मतदान पुनः सञ्चालन प्रयास

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक रहेको निर्वाचन आयोगले जनाएको छ।

कास्कीमा ५० प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अनुमान

कास्कीमा दिउँसो साढे ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत भइरहेको मतदानमा साढे ३ बजेसम्म ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।

दश दिनको बच्चा बेकेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी उनले क्षेत्र नं. १ को काठमाडौं वडा नम्बर १० मा पर्ने मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

गोठालालाई पालो दिएर भोट खसालियो

हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङतास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा २९ जना मतदाताले भोट खसालेका छन।

रौतहट-२ को आठ स्थानमा पुनःमतदानको माग

रौतहट निर्वाचन-२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण साहले मतदान प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको माग गरेका छन ।

तस्बिरमा देखिएको मतदाताको उत्साह

मतदानको समय सकिन केही समय बाँकी छ । आज अपरान्ह पाँच बजेसम्म मतदानको समय छ । आज निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता देखिएको छ ।

किरियापुत्रीले गरे मतदान

नेपाली कांग्रेस बाँकेका पूर्वउपसभापति सुनिलनरसिंह राणा, नेता सुदीप नरसिंह राणाले मातृ शोकमा पनि मतदान गरेका छन्।

कञ्चनपुरमा ४२ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर मतदान भइरहेको छ। कञ्चनपुर जिल्लामा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ।

कर्णालीमा ४६ प्रतिशत खस्यो

दिउँसो ३ बजेसम्म ४ लाख ७३ हजार ५ सय ३८ मतदाताले मतदान गरेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी जयराज सापकोटाले बताए।

शानदार ढंगले जित्छौं, सांसद बन्नेमा ढुक्क छु: महेश

नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नम्बर-२ का उम्मेदवार महेश बस्नेतले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

म्याग्दीमा ३ बजेसम्म ४५ प्रतिशत मत खस्यो

म्याग्दीमा दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्