६ आश्विन २०८१ आइतबार
image/svg+xml

लागुऔषधसहित दुई युवक पक्राउ

रौतहटमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजारबाट ठूलो परिमाणमा लागुऔषध बोकेर राजधानीतर्फ लैजाँदै गरेको अरस्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट खटिएको गस्ती टोलीले चन्द्रपुर नगरपालिका–८, सन्तपुर चोकनजिकबाट काठमाडौं टोखा नगरपालिका–२९ का २१ वर्षीय प्रिन्स तामाङ र तारकेश्वर नगरपालिका–३ का २३ वर्षीय विकास मर्हजनलाई पक्राउ गरेको हो।

१२ ग्राम खैरो हिरोइन बरामद, तीन युवा पक्राउ

झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्। झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन्।

लागुऔषध कारोबारीको ‘अखडा’ बन्दै

भारतबाट भित्र्याइएको नौ सय १७ एम्पुल लागूऔषध सुईसहित बुधबार उदयपुर त्रियुगा नगरपालिका–६ जलजलेका गणेश गुप्ता र ओमप्रकाश राईलाई उदयपुर प्रहरीले नियन्त्रणमा लियो। सोही दिन भारतबाटै भित्र्याइएको पाँच सय ९८ एम्पुल लागूऔषध सुईसहित सिरहा नगरपालिका–१७ पटेर्वाबाट धनुषा जनकनन्दनी गाउँपालिका–२ का बब्लुकुमार यादवलाई सिरहा प्रहरीले पक्राउ गर्‍यो।

लागुऔषधसहित २ जना पक्राउ

प्रहरीले लागुऔषधसहित २ युवकलाई पक्राउ गरेको छ। भारतीय बजारबाट लागुऔषधसहित नेपाल छिरेका भंगाहा नगरपालिका १ का ३१ वर्षीय अजय मण्डल र सोही ठाउँका २० वर्षीय रामजी मण्डललाई सम्सी गाउँपालिका ७ स्थित शंकर चोकबाट पक्राउ गरिएको हो।

लागुऔषध ट्रान्जिट बन्दै पृथ्वी राजमार्ग

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ३ सय ६० किलो चरेससहित तीन भारतीयलाई गजुरी गाउँपालिकाबाट समातेको छ। भारतीय कन्टेनरमा बोरामा हाली लुकाइ छिपाइ चितवन हुँदै काठमाडौं लैजाने क्रममा प्रहरीको टोलीले उनीहरुलाई समातेको हो

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ।

लागुऔषधको डरलाग्दो अवस्था, ५ वर्षमा १८ हजार बढी पक्राउ

पछिल्लो तथ्याङकले लागुऔषध ओसार पसार र प्रयोगकर्ताको संख्या ह्वत्तै बढेको देखिएको छ।  लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यंकले देखाएको छ।

लागुऔषधकाे लतमा फसेका युवाका कारण बढ्दै अपराध

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको व्यस्त बजारमा गत जेठ १३ गते मोटरसाइकलमा आएका दुई युवकले दिउँसै गोली हानेर नौ लाख रुपैयाँ लुटे। नजिकैको सिद्धार्थ बैंकबाट रकम झिकेर आफ्नो अफिस आइएमई सेन्टरमा लगिरहेका बेला निर्मल कार्कीलाई उनीहरू गोली हानेर लुटपाट गरेका थिए। पक्राउ परेका मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–६ का ३१ वर्षीय राजकुमार चौधरीसहित घटनामा संलग्न कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३० वर्षीय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर नगरपालिका–६ का २७ वर्षीय कल्लु राना तीनै जना लागुऔषध दुव्र्यसनी हुन्। घटनाको दुई सातापछि पक्राउ परेका तीनै जना अहिले पुर्पक्षका लागि थुनामा छन्।

बर्दियाकाे सिमामा लागुऔषध कारोबार बढ्दो

लागुऔषध कारोबारी भारतीय नागरिक हरजित सिंह र विमलेशकुमार हरजनलाई गोप्य सूचनाका आधारमा लामो समयदेखिको खोजीपछि पक्राउ गरेको एसपी सुरेन्द्र मैनालीले बताए।

भाँडा बोक्ने गाडीमा लागुऔषध बरामद, चालकसहित तीन जना पक्राउ

उदयपुर प्रहरीले भाँडाकुडा बोक्ने गाडीमा लागुऔषध ओसार पसार गर्ने गरेको फेला पारेको छ मंगलबार विहान ५ बजे चेकजाँचको क्रममा उदयपुर र सप्तीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्ता प्रहरी चौकीले उक्त भाँडाकुडा बोक्ने गाडीमा लागुऔषध बरामद गरेपछि ओसार पसार हुने गरेको तथ्य बाहिर आएको हो।

लागुऔषध मुद्दामा युवाकाे संलग्नता बढी

नेपाल प्रहरीले दर्ता र अनुसन्धान गर्ने मुद्दाहरूमा सबभन्दा बढी लागुऔषधसम्बन्धी हुने गरेका छन्। यस्तो मुद्दामा परेकामध्ये ८१.११ प्रतिशत युवा रहेको सीमावर्ती जिल्ला पर्साको तथ्यांकले देखाएको छ। जसले लागुऔषध ओसारपसार, कारोबार तथा खानेमा युवाको संलग्नताबारे समग्र देशकै चित्रण गर्ने सरोकारवाला अधिकारीहरू बताउँछन्।

लागुऔषध सहित भारतीय पक्राउ

प्रहरीले भक्तपुरको सूर्यविनायकबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे एकता टोलस्थित लक्ष्मी शाहीको घरको दोस्रो तलामा रहेको कोठाभित्र लागुऔषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाइ प्रहरीले पक्राउ गरेकाे हाे।

लागुऔषध सहित २ जना पक्राउ

प्रहरी चौकी फेदीखोलाले लागुऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ। फेदीखोला गाउँपालिका–२ थानचौर जंगलमा लागुऔषध प्रयोग गरिरहेको अवस्था उनीहरू पक्राउ परेका हुन्।

लागुऔषध कारोवारी पक्राउ

सीमावर्ती भारतीय बजार क्षेत्रबाट आवत जावत गर्ने शंकाष्पद युवाहरुलाई नियमित चेकजाँचको क्रममा सोमवार साँझ तीन जना कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्