१० मंसिर २०८१ सोमबार
image/svg+xml

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोबल आइएमई बैंकले बेलायतको सिडिसी ग्रुपबाट तीन अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले निकट भविष्यमै सिडिसी ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट बन्ने बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रूपैयाँ) ऋण लिने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंकले ऋण लिने

बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौतापत्र आदानप्रदान गरे।

फुङ्लिङमा वित्तीय साक्षरता र डिजिटल बैंकिङसम्बन्धी अनुशिक्षण

देशैभरी शाखा सञ्जाल रहेको ग्लोबल आइएमइ बैंकको हालसम्म २ सय ८७ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २ सय ६३ शाखा रहित बैंकिङ केन्द्र २ सय ५२ एटीएम केन्द्र रहेका छन्।

डजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियान सुरु

बैंकले शनिबार बनेपाको पुल बजारमा करिब दुई सय ५० जना सहभागीको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी अभियान गरेको जनाएको छ।

ग्लोबल आइएमई बैंकद्वारा सहयोग

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ।

ग्लोबल आइएमईको शाखा कटारी बजारमा

ग्लोबल आइएमई बैंकले उदयपुरको कटारी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ।

‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’

बैंकले सञ्चालनमा ल्याएको सो खातामा १ लाख रूपैयाँ बचत पुगेपछि स्वतः मुद्दतीमा परिणत हुने जनाएको छ।

ग्लोबल आइएमई बैंकको सम्झौता

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता भएको छ। बैंकले हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

ब्याज अनुदानका लागि ग्लोबल बैंकसँग सम्झौता

कर्णालीका कृषकलाई सहुलियत कर्जा र ब्याजमा अनुदान उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको छ।

ग्लोबल आइएमईको नयाँ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रूपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ 

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्