२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको साधारण सभा

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको सभा सम्पन्न भएको हो।

बैंकले आव २०७७/७८ मा सञ्चालन मुनाफा सात अर्ब नौ करोड रूपैयाँ र करपछिको मुनाफा चार अर्ब १६ करोड रूपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी २३ अर्ब ७९ करोड रूपैयाँ पुग्ने बैंकले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७८ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App