२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य

ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन्।

सञ्चालक समितिको बैठकले बज्राचार्यलाई आगामी चार वर्षकालागि नियुक्त गरेको बैैंकको विज्ञप्तिमा उल्लेख गरेको छ।चार दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा रहेका बज्राचार्यले यसअघि ग्लोबल आइएमई बैंकमा प्रमुखकार्यकारी अधिकृतको काम गरेका थिए।

नेपाल राष्ट्रबैंकबाट आफ्नो बैंकिङ सेवा सुरुगरेका बज्राचार्यसँग बैंक तथा वित्तीय संस्थाको मर्जर र मर्जरपछिको व्यवस्थापनमा समेत अनुभव रहेको बैंकले जनाएको छ।

उनले एनसिसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ भाद्र २०७७ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App