२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकद्वारा सहयोग

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजनका सेट हस्तान्तरण गरेका छन्।

प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्र्दै बैंकले उपलब्ध गराएका टेलिभिजन सेटले सेवाग्राहीलाई थप प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राखे। 

त्यस्तै वरिष्ठ प्रहरी उपरीक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त सो सहयोगले महानगरीय प्रहरी परिसरलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०७८ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App