२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्‍यो: अध्यक्ष ओली

उनले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताए।

एमालेका दुई सांसद एकीकृत समाजवादीमा आवद्ध हुन पाउने सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने आदेश दिएको छ।

सभामुखले बोलाएको बैठकमा जानुको अर्थ छैन: नेम्वाङ

सभामुखमाथि हाम्रो आशंका छ। सभामुखजीले ल आउ बैठक भनेर औपचारिकता पुरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईहरु पुछ्नुस्।’

माधव नेपालले वडा सदस्य पनि जित्दैनन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने दाबी गरेका छन्।

एमालेको नेतृत्व दोस्रो पुस्तामा आउँला ?

दुईजना महासचिव हुने तथा वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिने र ओलीलाई पार्टी कामबाट विश्राम लिन लगाएर सरकारी कामको मात्रै जिम्मेवारी दिई ससम्मान बिदा गर्नेगरी व्यवस्थापन गर्न सकिने पनि एमाले नेताहरूले जनाएका छन्।

एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक–२०७८ पारित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ।

एमाले पसेका माओवादीलाई १० बुँदेले नछुने

एमालेमा प्रवेश गरेपछि पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापालगायतलाई विभिन्न जिम्मेवारी दिइएको थियो। अहिले सो जिम्मेवारी नफेर्ने तहमा ओली पुगेका हुन्।

एमाले विधान अधिवेशनबाट भावी नेतृत्वको स्वरूप निर्धारण

एमाले विधान महाधिवेशनले भावी नेतृत्वको स्वरूप निर्धारण गर्ने देखिएको छ। दसाैं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ। त्यसअघि विधान महाधिवेशन बोलाइएको छ।

एमालेमाथि बलमिच्याइँ भएको छ : भट्टराई

एमालेको बैठकपछि पत्रकारहरुलाई बैठकका निर्णयहरु सुनाउँदै सचिव भट्टराईले विरोधका बाबजुद प्रतिस्थापन विधेयक ल्याउने काम पार्टीमािथ बलमिच्याइँ गरेको बताए हुन्।

असोज १५–१७ सम्म नेकपा(एमाले)को विधान महाधिवेशन, यिनीहरु हुँदैछन् सहभागी

विधान महाधिवेशमा प्रस्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरु स्थायी समितिको बैठकमा प्रस्तुत हुने र त्यसमाथि व्यापक छलफल गरेरमात्रै अघि बढ्ने पार्टीका सचिव योगेश भट्टराईले बताए।

संसद्‌मा घम्साघम्सी

एमाले सांसदले दोस्रो दिन पनि सदनमा नाराबाजी र जोरजुलुम गर्दा मर्यादापालकको सहयोगमा बैठक चलाउनुपर्‍यो। संसद्को अधिवेशन सुरु भएको पहिलो दिन बुधबार पनि एमाले सांसदले नाराबाजी गरेका थिए।

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।

प्रतिनिधिसभाकाे बैठक आज बस्दै

प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ।दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ।दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्