९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सभामुखले बोलाएको बैठकमा जानुको अर्थ छैन: नेम्वाङ

नेकपा (एमाले) का संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताएका छन्।  

प्रतिनिधिसभाको मंगलबारको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएका छन्। नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए।  

सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए। उनले भने,  ‘हामीसँग भेदभाव गरियो। प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ। त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन। सभामुखमाथि हाम्रो आशंका छ। सभामुखजीले ल आउ बैठक भनेर औपचारिकता पुरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईहरु पुछ्नुस्।’ 

उनले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे। प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने उनले बताए। 

प्रकाशित: २९ भाद्र २०७८ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App