७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रकाे नाम अनुमाेदन (भिडियाे)

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।

प्रस्तावित प्रधानन्यायाधीश मिश्रमाथि संसदीय सुनुवाई हुँदै

संसदीय सुनुवाई समितिले आज प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रमाथि सुनुवाई गर्दैछ। मिश्रविरुद्ध ३ वटा उजुरी दर्ता भएको छ। सुनुवाई समितिले उजुरीमाथि सुनुवाई गरी मिश्रलाई अनुमोदन गर्ने कि नगर्ने निर्णय लिनेछ।

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई सोमबार हुने

संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रको सुनुवाई सोमबार गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

मिश्रविरुद्ध उजुरी दिन सुनुवाई समितिको आह्वान

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी आह्वान गरेको छ ।

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ। आज बसेको परिषदको बैठकले मिश्रलाई सर्वसम्मत सिफारिस गरेको हो।

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायधीश र अख्तियार प्रमुख सिफारिश हुने

सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिशका लागि अाज संवैधानिक परिषदको बैठक बस्ने भएकाे छ।

कामु प्रधानन्यायाधीश जोशी होइन मिश्र हुन् : कानूनमन्त्री ढकाल

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ढकालले कायम मुकायम प्रधानन्यायाधीश जोशी नभएर मिश्र नै रहेको बताएका हुन्।

त्रासदीय राजनीतिमा लोकतन्त्र

दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदका लागि अस्वीकार गर्नु नेपालको राजनीतिमा सामान्य घटना होइन ।

१० करोडको गोड्धुवा प्रस्ताव

जीवन सधैँ आफूले चाहेजस्तो मात्रै हुँदैन । आफ्नो रोजाइको बाटोमा मात्रै हिँड्न पाउने हो भने जीवनको अर्को नाम संघर्ष हुने थिएन।

संवैधानिक परिषद्को बैठक स्थगित

संवैधानिक परिषदको बैठक स्थगित भएको छ। परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि आज बैठक बोलाएका थिए।

न्यायालयको नेतृत्व खाली हुँदैन, छिट्टै नयाँ नाम सिफारिस हुन्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै छिट्टै नयाँ प्रधानन्यायाधीशकाे नाम सिफारिस हुने बताएका छन्।

प्रधानन्यायाधीश सिफारिसको लागि संवैधानिक परिषदको बैठक बुधबार बस्ने

नयाँ प्रधानन्यायाधीश सिफारिसको लागि बुधबार संवैधानिक परिषदको बैठक बोलाइएको छ। प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि परिषदको बैठक बस्न लागेको हो।

मिश्र कामु प्रधानन्यायाधीश

संसदीय सुनुवाइ विशष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी स्वास्थ्यको कारण देखाई घरबिदामा बसेपछि सर्वोच्च अदालतका अर्का वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले आइतबार कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन्।

प्रधानन्यायाधीश नियुक्ती प्रकरणलाई काँग्रेसले संसदमा उठाउने

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ। काँग्रेस संसदीय दलको शनिबार साँझ बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्