७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं – संवैधानिक परिषदको बैठक स्थगित भएको छ। परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि आज बैठक बोलाएका थिए।

प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित हुन नसक्ने भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। देउवा उपचारका लागि आज सिंगापुर जाँदैछन्। यसअघि परिषदले प्रधानन्यायधीशमा सिफारिस गरेका दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको थियो।

जोशीको अस्विकृतीपछि आज बस्ने भनिएको परिषदको बैठकले प्रधानन्यायाधीशमा नयाँ नाम सिफारिस गर्ने तयारी गरेको थियो। 

 

प्रकाशित: २३ श्रावण २०७५ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App