७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रधानन्यायाधीश सिफारिसको लागि संवैधानिक परिषदको बैठक बुधबार बस्ने

काठमाडौं- नयाँ प्रधानन्यायाधीश सिफारिसको लागि बुधबार संवैधानिक परिषदको बैठक बोलाइएको छ। प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि परिषदको बैठक बस्न लागेको हो।

नयाँ प्रधानन्यायाधीशको लागि न्यायपरिषदले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्सेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ। संवैधानिक परिषद प्रधानमन्त्रीको अध्यक्षतामा रहेने गर्छ। परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने प्रावधान छ। 

 

 

प्रकाशित: २१ श्रावण २०७५ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App