७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानन्यायाधीश नियुक्ति प्रकरणः अब के हुन्छ?

जोशीलाई संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस नगरे पछि अब के हुन्छ भन्ने चासो सर्वत्र छ। अब जोशीले राजीनामा गरे भने सबै बाटो सहज हुनेछ भने राजीनामा नगरेमा केही व्यवहारिक जटिलता आउने देखिन्छ।

प्रधानन्यायाधीशमा जोशी अस्वीकृतः कानुनका जानकार के भन्छन्?

प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले भोटिङमार्फत अस्वीकार गरेपछि विभिन्न कोणबाट टिप्पणी आएका छन्।

प्रस्तावित प्रधानन्यायाधीश जोशी अस्वीकृत

ससदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृत गरेको छ।  शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले बहुमतसहित जोशीको नाम अस्वीकृत गरेको छ। जोशीको विपक्षमा १० मत परेको छ भने पक्षमा शून्य मत परेको छ। बैठकलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो।

सुनुवाई समितिले प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन, अर्को बैठक शुक्रबार

संसदीय सुनुवाई विशेष समितिले वुधबार पनि प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन। समितिको अर्को बैठक शुक्रबार बस्नेगरी स्थगित भएको छ।

साढे २ घण्टापछि सुरू भयाे सुनुवाई समितिको बैठक, प्रधानन्यायाधीशबारे निर्णय अाउने (अपडेट)

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरू भएकाे छ। दिउँसाे साढे तीन बजेका लागि बाेलाइएकाे बैठक साढे दुर्इ घण्टापछि साँझ ६ बजे सुरू भएकाे हाे। बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलार्इ अनुमाेदन गर्ने कि नगर्ने निर्णय हुनेछ।

प्रधानन्यायाधीशबारे निर्णय हुन सकेन, बुधवार अर्काे बैठक बस्ने

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीका बारेमा अझै निर्णय लिन सकेको छैन।

कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ सुरु

संसदीय सुनुवाइ विशेष समितिले कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सुरु गरेको छ। संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध ५ वटा उजुरी परेका छन्। उजुरीकर्तासँग छलफल गरी छानविन गरेको विशेष समितिले विहीबार जोशीलाई बोलाएर सुनुवाई सुरु गरेको हो।

कामु प्रधानन्यायाधीश जाेशीविरूद्ध परेका उजुरीको छानबिन

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध परेको उजुरीबारे संसदीय सुनुवाइ विशेष समितिले मंगलबार उजुरीकर्तासँग छलफल गरेको छ।

बिहीबार कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ

संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दुई उजुरी

प्रधानन्यायाधीशका लागि प्रस्ताव गरिएका सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन्।

मुद्दाको चापअनुसार जनशक्ति छैनः कामु प्रधानन्यायाधीश

कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दाको चापअनुसार न्यायलयमा आवश्यक जनशक्ति नहुँदा सोचेअनुरुप काम गर्न नसकेको बताएका छन्।

कर्मचारी अभावले न्याय सम्पादनमा समस्या : कामु प्रधानन्यायाधीश जाेशी

सर्वाेच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आवश्यक जनशक्ति नहुँदा अदालतको काम कारवाहीमा समस्या भएको बताएका छन्।

प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले कामु प्रधानन्याधीश समेत रहेका जोशीको नाम सिफारिस गरेको हो।

प्रधानन्यायाधीशको नियुक्ति ढिलाईमा सर्वोच्चले कारण मागेन

प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाई भएको भन्दै सर्वाेच्च अदालतमा दायर भएका दुइवटै रिट निवेदन सर्वाेच्च अदालतले बिहीवार खारेज गरेको छ ।

प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै सर्वोच्चमा अर्को रिट

प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाई भएको भन्दै सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ। अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नियुक्ति गर्न ढिलाई गरेको भन्दै बुधबार रिट निवेदन दर्ता गराएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्