७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई सोमबार हुने

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको छ। 

समितिको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रको सुनुवाई सोमबार गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। ‘आइतबार उजुरीकर्तासँग छलफल गर्ने र सोमबार सुनवाई गर्ने निर्णय भएको छ’, उनले भने।

संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेमाथि १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ। घिमिरे बुधबारको संवैधानिक परिषदको बैठकबाट प्रमुख आयुक्तमा सिफारिस भएका थिए। 

प्रकाशित: २२ भाद्र २०७५ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App