१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

न्यायालयको नेतृत्व खाली हुँदैन, छिट्टै नयाँ नाम सिफारिस हुन्छ : अध्यक्ष दाहाल

पर्सा – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै छिट्टै नयाँ प्रधानन्यायाधीशकाे नाम सिफारिस हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन्। उनले संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य कुरा भएको बताए।

दाहालले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट पारे। उनले भने ‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ। प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ।’

‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले राखिएको हो। त्यसकारण त्याहाँ पर्ने उजुरी र त्यसमा सांसदहरुले गर्ने छानबिनमा भर पर्छ।’ उनले भने, ‘संवैधानिक परिषदबाट सिफरिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नै पथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाई समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानविन गर्न पाउनु पर्छ भन्ने बहस छ। हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्यौं।’

यस्तै फरक प्रशंगमा बेल्दै अध्यक्ष दाहालले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एकभई सक्ने बताएका छन्। २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने दाहालले बताएका हुन्।

प्रकाशित: २२ श्रावण २०७५ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App