६ आश्विन २०८१ आइतबार
image/svg+xml

अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका खुला

नाका खुलेसँगै रसुवाबाट बिहान सात ठूला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए। तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ।

‘झारा टार्न’ नाका खोल्दै चीन

कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’ मा रोकिएका मालवाहक कन्टेनरलाई यता आउन दिने भएको छ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता हुने भएको छ।

नेपाल–चीन नाका सुचारु गराउने अवसर

कुनै पनि समस्यालाई लुकाएर समाधान हुँदैन, समस्याको विषयमा खुलस्त वार्ता गरी समाधान खोज्नुपर्ने हो। यदि चिनियाँ पक्षले फ्रि–तिब्बत गतिविधिकै आशंकामा सीमामा झमेला निकालेको हो भने यस मामिलामा नेपाली पक्षले चीनलाई आश्वस्त पार्न सक्नुपर्छ।

प्रधानमन्त्री देउवासँग अध्यक्ष ली को शिष्टाचार भेटवार्ता सिंहदरबारमा सुरु

अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए। परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए।

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

'हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ। राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्', अध्यक्ष दाहालको भनाइ थियो।

बन्द रहेका सीमानाका खाेल्न अध्यक्ष तिमिल्सिनाको चिनियाँ पक्षलाई आग्रह

विगतमा भएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौँ) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनःसञ्चालनका लागि आग्रह गरेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

नेपाल–चीन व्यापारमा समस्या: पारवहन सुविधा रोक्नु अन्तर्राष्ट्रिय कानुनविपरीत

भूपरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गरेर त्यसको उपहास गरेको छ।

चीनले माग्यो रोकिएका गाडीको विवरण

चीनले एक पक्षीय रूपमा नेपालसँगका दुई नाका बन्द गरेको विषयमा आलोचना भएपछि नाका सञ्चालन गरेर रोकिएका गाडी पठाउन सकारात्मक देखिएको छ।

चीनमा भूकम्प, मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

मालवाहक ५०० कन्टेनर चीनमै रोकिए, व्यवसायी मर्कामा

चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतमा कोभिडको प्रकोप बढेको भन्दै नेपालसँगका दुई नाका साउन २५ गतेदेखि बन्द गरेको छ। दसैंका लागि करोडौं रूपैयाँका सामान बोेकेर उताबाट नेपालतर्फ हिँडेका ट्रक, कन्टेनर चिनियाँ भूमिमै रोकिएपछि व्यवसायी मर्कामा परेका छन्।

उत्तरपश्चिम चीनमा बाढीः १६ जनाको मृत्यु, दर्जनौं बेपत्ता

यस बाढीको कारण अगस्त १८ सम्म १६ जनाको ज्यान गएको छ। चीनमा बाढी चरम गर्मीको समयमा आउँछ।

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण

साँच्चिकै भन्नुपर्दा अहिले नेपालको कूटनीति दिग्भ्रमित अवस्थामा छ। यसले न उत्तरी छिमेकीको न त दक्षिणी छिमेकीकै विश्वास आर्जन गर्न सकेको छ।

हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

पूर्वाधारविद् सूर्यराज आचार्य चीनसँग नेपालको सबै स्वार्थ नमिले पनि अन्तरदेशीय रेल्वे परियोजना नेपालका लागि ‘गेम चेन्जर’ परियोजना भएकाले यसलाई यथाशक्य अघि बढाउनुपर्ने बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्