१ मंसिर २०८१ शनिबार
image/svg+xml

बाढी पीडितहरु घर फर्किए, खुसी कहिले फर्किने ?

ठूलो बाढीपछि मौसममा आएको सुधारले खोलामा पानीको सतह लगातार घट्दै गएको छ। सर्वसाधारणका डुबानमा परेका घरआँगन ओभाउँदै गएका छन्। त्यसैले विस्थापितहरु धमाधम घर फर्किरहेका छन्। तर, भीषण बाढीका बीच ज्यान जोगाएर थातथलोमा फर्किन पाउँदा पनि पीडितको खुसी भने फर्किन पाएको छैन।

बाढी पीडितलाई राहत वितरण

बबई बाढीवाट विस्तापित परिवारलाई हेफर इन्टरनेशनले राहत स्वरुप खाद्यान्न वितरण सुरु गरेको छ। दैविक प्रकोप उद्धार समितिको समन्वयमा हेफर इन्टरनेशनल बाढीबाट विस्थापित परिवार आश्रय स्थलमा खाद्य समाग्री राहत वितरण गरेको हो।

बाढीपीडितलाई सघाउन कांग्रेस महामन्त्रीको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तराईका बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि आआफ्ना क्षेत्रबाट योगदान दिन पार्टी मातहतका निकायलाई निर्देशन दिएका छन्।

व्यंग्य : बाढी

केही दिनअघिको कुरा हो, भारतले नेपालको अदुवा रोकेको थियो। किन रोकेको हो, कसैलाई थाहा छैन। भारत जान ठिक्क भएको अदुवा जम्मै सीमामै रोकिदियो। कहिले अलैँची रोकिदिन्छ। कहिले चिया रोकिदिन्छ। कहिले तयारी पोसाक रोकिदिन्छ त कहिले गलैँचा रोकिदिन्छ। यसपालि पानी रोकिदियो। त्यो पनि बाढीको पानी। पानी रोकेपछि गाउँ डुबानमा पर्नु स्वाभाविकै हो।

बाढीपीडितलाई क्राउड फन्डिङबाट सहयोग संकलन : दुरुपयोग हुने चिन्ता

नेपालमा हालै आएको बाढीले तराईका अधिकांश क्षेत्र डुबानमा पारेको खबरसँगै विश्वभर छरिएर रहेका नेपालीले 'क्राउड फन्डिङ' बाट सहयोग जुटाउन सुरु गरेका छन्। विभिन्न बेवसाइटमा उपलब्ध हुने क्राउड फन्डिङ सुविधा प्रयोग गर्दै शुक्रबारसम्म एक करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको छ। यो क्रम अझै बढिरहेको छ।

बाढी पीडित सहयोगार्थ दीप श्रेष्ठले गाउने

अविरल वर्षाका कारण तराईमा भएको डुबानले पीडितको सहयोगार्थ गायक तथा संगीतकार दीप श्रेष्ठ शनिबार ललितपुरको झम्सिखेलस्थित मोक्षमा गुञ्जिने भएका छन्। 'विकेन्ड क्लासिक'ले आयोजना गर्न लागेको 'दीप श्रेष्ठः नोस्टाल्जिक मेलोडिज फ्रम द सेभेन्टिज'मा उनी आफ्ना पुराना सदाबहार गीत लिएर प्रस्तुत हुनेछन्।

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको थियो।

बाढीको कहर : पाँच दिनसम्म भोको र अनिँदो

शिविरमा कति दिन बित्ला? अन्योल भविष्यको चिन्ता लाग्छ,' बनियाँभारका पीडित राजन केसीले भने, 'एक्लै भए बरु मुग्लान पस्दो हुँ, यी कान नसुन्ने आमा, बा, सुत्केरी श्रीमती छोडेर कहाँ जानु?'

बाढी प्रभावित क्षेत्रमा बीपीको घुम्ती शिविर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढी प्रभावित सुनसरीको दक्षिणी क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बाढी पीडितलाई राहतको कमी हुन्न : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितलाई राहतको कमी हुन नदिने बताएका छन् । राहत वितरण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । नेपालगन्ज विमानस्थलमा बिहीबार पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले पूर्व र पश्चिम तराईको बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्न सरकारले विभिन्न संयन्त्र परिचालन गरिसकेको जानकारी दिए ।

प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको विहीबार हवाई तथा स्थलगत निरीक्षण गरेका छन्।

तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहत

तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन्।

दाङका बाढीपीडितलाई राहत वितरण

तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित प्रमुख विपद् व्यवस्थापन कोषमार्फत विभिन्न सङ्घसंस्थाले बाढीपीडितलाई विहीबार राहत वितरण गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर

जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बाढीपीडितलाई मलहम लगाउने ‘डाक्टर’

भारी वर्षाले पूर्वी नेपालमा ‘तवाही’ निम्त्याएको खबरले नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालालाई काठमाडौंस्थित निवासमा छटपटाइरहे। उनी जसरी पनि विराटनगर आउन चाहन्थे। तर, बाढीको भेल पस्दा विमानस्थल डुबानमा थियो। जताततै क्षति पुर्‍याउँदा सडक मार्ग अवरुद्ध थियो। काठमाडौंको राजनीति ‘भागदौड’मा पनि उनी मन बहल्याउन सकेनन्। विराटनगर आउने अनेक उपाय खोजे। उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर इटहरी जान लागेको थाहा पाएपछि नेता कोइराला त्यसमै आउने निधो गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्