बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री नेपालगञ्जमा
प्रधानमन्त्री शेरबहादुर देउवा बाँके, बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नेपालगञ्ज आइपुगेका छन्। प्रधानमन्त्री देउवालाई नेपालगञ्जको राँझास्थित नेपाली सेनाको ब्यारेकमा क्षेत्रीय प्रमुखहरुले बाढी प्रभावित क्षेत्रबारे ब्रिफिङ गरिरहेका छन्।