बाढीले कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति
हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करिब रु एक अर्ब ८३ करोड ७३ लाख बराबरको बालीनाली क्षति भएको छ।
हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करिब रु एक अर्ब ८३ करोड ७३ लाख बराबरको बालीनाली क्षति भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गरेकी छिन्।
युएनडिपीका अनुसार प्राकृतिक विपत्तिबाट हुने बचावटमा खर्चेको एक डलरले करिब सात डलर जोगाउन मद्दत गर्छ। बचावटको स्थान र समुदायविशेषको आवश्यकता भने निर्क्यौल गर्नुपर्छ।
जंगली हात्तीबाट जोगिन खोज्दा आमाको बाढीले बगाएर मृत्यु भएपछि वीरबहादुर चेपाङ अहिले आमाको किरियामा छन्। उनकी ७४ वर्षीया आमा फूलमती प्रजा चेपाङको बाढीका कारण साउन २९ गते शनिबार मध्यरातमा ज्यान गएपछि उनको पीडा थपिएको छ। राप्ती नगरपालिका–६ प्यारीधापमा सामुदायिक वनका नजिक वीरबहादुरको घर छ।
नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरो पीडितका लागि संकलन गरिएको राहत सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेको छ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन्।
'बाढीले डुबानमा परेपछि भेाट दिने मतदाता अहिले घरवारबिहीन बनेका छन्,' नेता यादवले भने, 'पिडित जनता भेट्न जाँदा खाली हात नगएर खाद्यन्न दिने गरेका छौं।'
तीन वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोद कुवँरले पुन कमसल बनेको देखेर नै धराप बन्ने जोखिमको आंशका गरेका थिए। निर्माणमै त्रुटि रहेकाले सुधार गर्नुपर्ने भन्दै उनले त्यसबेला सक्दो प्रयास पनि गरेका थिए।
तराई/मधेसका बाढी प्रभावितले तत्कालका लागि राहत मात्र नभएर दीर्घकालीन समाधानका योजना बनाउन सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्। प्रभावित क्षेत्रको निरीक्षणका लागि कृषिमन्त्री रामकृष्ण यादव र सिँचाइमन्त्री सञ्जय गौतमलाई साथै लिएर शनिबार रौतहट, सर्लाही र सप्तरी पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग तत्कालका लागि राहत मात्र नभएर दीर्घकालीन समाधान गर्ने योजना बनाउन उनीहरूले आग्रह गरेका हुन्।
बाढीमा तीन छोरी गुमाएका कमिलाल थारू भन्छन्– बाढीले हाम्रो कोख नै रित्याइदियो, यस्तो अरु कसैलाई पनि नहोस्।
दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा व्यापक वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका छन् । बाढी र पहिरोमा परी विस्तापित हुनेको जनसङ्ख्या लाखौँ रहेको छ।
ठमेलको अन्नपूर्ण मार्केटस्थित फ्रेस विन्च क्याफेमा सधै जसो विदेशी गीत संगीतको चर्चा हुन्छ । यहाँ आउने पाहुनाहरू अधिकांश विदेशी हुन्छन् । तर, शनिबार फ्रेस विन्चको हलमा नेपाली कविताको हरफहरु वाचन भइहरको थियो।
भारतको बिहार राज्यमा बाढीका कारण कम्तीमा ११९ जनाको मृत्यु भएको छ भने कैयौं बेपता छन् । बिहारमा मात्रै बाढीका कारण करिब १ करोड नागरिक प्रभावित भएका छन्।
बाढीले भत्काएका घर पुनःनिर्माणमा छिमेकीहरु जुटिसकेका छन् । कमिलाल थारु भने अहिले पनि शोकमै छिन् । बाढीले कोखै रित्याइदिएपछि ३२ वर्षीया उनकी श्रीमती फुलकुमारी आफन्त कहाँ विछिप्त अवस्थामा छिन्, भने कमिलाल भत्केको घरको वरिपरी टोलाएर समय बिताउँछन् । ‘श्रीमतीलाई दिदीसासुको घरमा राखेको छु, म चाँहि यताउता गरिरहन्छु,’ ३६ वर्षीय कमिलालले नागरिकसँग भने ‘छिमेकीले घरभित्र पुरिएका सामान निकाल्न थालिसके, मैले त आँट्न सकेको छैन्, घरतिर आउँदा मन रुन्छ ।’
रौतहटको दूर्गा भगवती गाउँपालिका ४ मा रहेको एउटा दलित बस्ती नै बाढीले बगाएको छ। करिब पाँच सय घरपरिवार रहेको बडहर्वा गाउँमा करिब चार सय घरपरिवारलाई घरविहीन बनाइदिएको छ।