५ आश्विन २०८१ शनिबार
image/svg+xml

फोहोर जम्मा गर्नेलाई फुटबल

खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीले फोहोर संकलकलाई फुटबल दिन थालेको छ । १५ वडा रहेको नगरपालिकाले थालेको सरसफाइ अभियानलाई सफल पार्नका लागि वडा कार्यालय खार्मीले पाँच केजी फोहोर संकलन गर्ने संकलकलाई एक थान फुटबल दिन थालेको हो।

फोहोर बाल्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला है

काठमाडौंको वायुप्रदूषण गराउने प्रमुख कारक बनेको फोहोर बाल्ने कार्य नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ ।

नगरपालिकामा ‘पूरानो फोहोर हटाउ’ अभियान

‘सफा र सुन्दर नगरपालिका’ निर्माणका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले ‘पुरानो फोहोर हटाउ’ अभियान चलाउने तयारी गरेको छ।

फोहोर बालेर तातो खोज्दा बिग्रँदैछ फोक्सो

घरवरपर वा सडक सफा राख्न धेरैले जानेको काइदा हो, वरपरको फोहोर जम्मा गरेर बालिदिने । त्यसमा पनि चिसो बढेसँगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले वातावरण प्रदूषित बनाई स्वास्थ्यसमस्या निम्त्याउने क्रम पनि बढेको छ। जनस्वास्थ्य तथा वातावरणविद्का अनुसार उपत्यकामा घरबाहिरका फोहोर बाल्ने यही प्रचलन वातावरण प्रदूषणको प्रमुख कारण बन्दै गएको छ।

फोहोर व्यवस्थापनको विकल्प

पुनः प्रशोधन गर्न सकिने र नसकिने फोहोर नछुट्ट्याएका कारण पनि धेरै परिणामको फोहोर ल्यान्ड फिल्ड साइटमा पुर्‍याउनुपरेको हो । पुनः प्रशोधन गर्न सकिने र नसकिने फोहोर छुट्ट्याएर त्यसैअनुसार व्यवस्थापन गर्ने हो भने ल्यान्ड फिल्ड साइट पुर्‍याउनुपर्ने फोहोरको परिणाममा केही हदसम्म कमी आउनेछ।

दसैँका मुखमा सडकभर फोहोर

स्थानीय तहको लापरबाहीका कारण दसैँका मुखैमा उपत्यकाका चोकचोकमा फोहोर थुप्रिएको छ । काठमाडौं र ललितपुर महानगरपालिकासहित स्थानीय तहले फोहोर व्यवस्थापन नगर्दा मुख्य पर्वकै बेला उपत्यकावासीले सास्ती पाएका छन् । उपत्यकाका मुख्य सहरी क्षेत्रमै केही दिनदेखि फोहोरको डंगुर लागेको छ ।

फोहोरमाथि राजनीति

सिसडोलवासीका प्रतिनिधि, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच बेलाबेला हुने विवादको मारमा भने उपत्यका र ल्यान्डफिल्ड साइड क्षेत्रका सर्वसाधारण पर्ने गरेका छन् ।

एक सातादेखिको फोहोरले उर्लाबारी दुर्गन्धित

मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ।

प्राथमिकता प्रदूषण र फोहोर नियन्त्रण

मेची अञ्चलको सबैभन्दा ठूलो सहर, व्यापारिक केन्द्र, शैक्षिक हब, स्वास्थ्योपचारको केन्द्र । झापाको विर्तामोडका अघिल्तिर जोडिने यस्ता फुर्काहरु धेरै छन् । सहरको शानका लागि दिइने यस्ता सबै उपमाहरु त्यसबेला फिक्का साबित हुन्छ, जतिबेला यहाँको अव्यवस्थाले धेरैलाई अँचेट्छ । ‘हाम्रो ठाउँ ठूलो पनि भयो, चर्चित पनि भयो, आकर्षक पनि भयो तर अझै पनि बस्नलायक हुन सकेको छैन,’ स्थानीयबासी नन्दकुमार खतिवडाको यस भनाइले अधिकांश बिर्तामोडबासीको भावनाको प्रतिनिधित्व गर्छ ।

‘फोहोरै भए पनि काठमाडौं नै राम्रो लाग्छ’

सहर प्रदूषणमुक्त र हेर्दै रमाइलो लाग्ने हुनुपर्छ । मलाई पनि यस्तै सहर मन पर्छ । तर, अहिले जे मनपर्दैन काठमाडौंवासीले त्यही भोगिरहेका छन् । जताततै प्रदूषण र फोहोर छ । जिम्मेवार निकायले सहरको प्रदूषण र भद्रगोललाई समाधान गर्न ध्यान दिएका छैनन् । हामीले सास्ती खेपिरहेका छौँ । फोहोर भए पनि मलाई काठमाडौं नै राम्रो लाग्छ । यहाँको हावापानी र मौसम राम्रो छ ।

फोहोरको डङगुरमा खुर्कोट बजार

मध्येपहाडी लोकमार्गमा बन्दै गरेको नमुना शहर खुर्कोट बजार फोहोरले भरिएको छ । सरकारले घोषणा गरेको नेपालकै १० नमूना शहर मध्ये एक शहरको रुपमा विस्तार भइरहेको यहाँको खुर्कोट बजार शहरीकरणसँगै फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्न थालेको छ।

‘असारभित्रै फोहोर व्यवस्थापन’

एक वर्ष भित्रै म किर्तिपुरको नगर क्षेत्रलाई खानेपानीको हाहाकारबाट मुक्त गराउछु । यसका लागि तीन वटा ड्रिप बोरिङको काम भइरहेको छ, त्यसलाई व्यवस्थित गरेर जनताको दैलोमा पानी पु¥याउनेछौं । खानेपानीको मुहान दुधपोखरीको संरक्षण र सम्वद्र्धनमा समेत लाग्छु ।

महानगरको फोहोर सूर्योदय अगावै उठाइने

काठमाडौं महानगरपालिकाले आज (बिहीबार)देखि सूर्योदयअगावै फोहोर उठाउने भएको छ। नवनिर्वाचित मेयर तथा उपमेयरले बुधवार अपरान्हमा पदवहाली गरेसँगै बिहीबारबाटै लागू हुनेगरी यस्तो निर्णय गरेका हुन्।

प्लास्टिक फोहोर खाने किरा

मौरीले बनाएको घारलाई सिनित्तै पारेर सिध्याउने एक किसिमको किराले प्लास्टिकसमेत खान सक्ने क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले जनाएका छन् ।

फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्