५ आश्विन २०८१ शनिबार
image/svg+xml

फोहोरको थुप्रोमा भेटियो १९ राउन्ड गोली

प्रहरीले ठमेलमा फोहोरको थुप्रोमा १९ राउन्ड गोली फेला पारेको छ। संञ्चयकोष नजिकै बाटोमा रहेको फोहोरको थुप्रोमा गोली फेला पारेको हो।

फोहोरको थुप्रो भासिँदा ४८ को मृत्यु

इथियोपियाको राजधानी आदिस बाबा नजिकै रहेको फोहोरको थुप्रो भासिदा ४८ जनाएको ज्यान गएको छ। फोहोरको थुप्रो भासिंदा घटनास्थलमा कम्तीका १५० जना रहेको स्थानीयले बताएका छन्। घटनामा ज्यान गुमाउनेका धेरै बालबालिका रहेको बताइएको छ।

मकवानपुरसम्मै वागमती फोहोर

काठमाडौंको चोभार गल्छी हुँदै बगेको ढलयुक्त वागमतीबाट ललितपुरको माल्टा, गिम्दी, प्युटार, आस्राङ तथा मकवानपुरसम्मका बासिन्दालाई असर परेको छ। 'काठमाडौंको फोहोर जस्ताको तस्तै आउँछ,' श्रीनारायण मावि गिम्दीका शिक्षक अमिरकुमार थापाले भने, 'खेतीपातीमा यस्तो पानी प्रयोग गर्नै मिल्दैन, पानी फोहोर भएपछि हामीले चाहेअनुसारको किसानी काम पनि गर्न पाएका छैनौं।'

'फोहोरदेखि भगवान् पनि रुन्छन् होला'

आफ्नो भाइको व्रतबन्धका लागि पाटन कुम्भेश्वर मन्दिर पुगेकी सविता आचार्य नाकमुख छोपेर एक कुनामा बसिरहेकी थिइन्। 'जताततै फोहोर छ। जहाँ टेक्यो त्यहीँ फोहोर,' खिन्न हुँदै उनले भनिन्।

‘एसियामा विद्युतीय फोहोर उत्पादन खतरनाक’

संयुक्त राष्ट्रसंघ विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले एसियाली मुलुकहरुमा विद्युतीय फोहोर तीब्रस्तरमा वृद्धि भएको र यसबाट वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पार्ने जनाएको छ ।

फोहोर नउठाउन जुहारी

पशुपतिनाथ मन्दिर आवतजावत गर्नेमध्ये एक प्रवेशद्वार हो, गौरीघाट। यहाँको चोक भएर पशुपतिनाथ र गुह्येश्वरी मन्दिर जाने गरिन्छ। दैनिक सयौँ सवारीसाधन समेत यही चोक भएर आवतजावत गर्छन्। चोक भने डम्पिङ साइटजस्तो छ।

देशको प्रमुख प्रवेश नाकामा फोहोरको डङ्गुर

व्यपारिक पारवहन र यात्रुवाहक सवारी आवागमनको दृष्टिकोणले देशकै प्रमुख प्रवेशनाकाको रुपमा रहेको वीरगन्जमा भारतबाट पस्ने मुहानमै फोहोरको बिशाल डङ्गुर छ। यहाँ भएर आउनेले नेपालमा हेर्ने र महसुस गर्ने पहिलो कुरा नै त्यै फोहोर हो भने सामना गर्ने पहिलो कुरा अथेगनीय दुर्गन्ध हो।

अस्पतालको फोहोरबाट बायोग्यास

चितवन– सरकारी अस्पतालमा फोहर व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । असरल्ल हुने फोहरबाट आउने दुर्गन्धले बिरामीसमेत हैरान भएका हुन्छन् । तर चितवनको जेठो सरकारी अस्पताल भरतपुर अस्पतालले ‘बायोग्यास प्लान्ट’ राखेर फोहर तह लगाउने उपाय निकालेको छ । यसबाट फोहर र दुर्गन्धको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तो ऊर्जा पनि प्राप्त भएको छ ।

सहरको फोहोर सडकमा

सहरलाई सुन्दर र सफा पार्न भन्दै बर्सेनि धेरै बजेट खर्चिने नगरपालिकाहरूले फोहोर जथाभावी फ्याँक्नेक्रम अझै रोकेका छैनन्। कहिले खोलामा अनि कहिले मानव बस्तीनजिकै फोहोर फ्याँकेर संवेदनहीनता देखाएका झापाका अधिकांश नगरले अहिले ज्यादती झन् चर्काएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्