१२ मंसिर २०८१ बुधबार
image/svg+xml

'सडक भासिए पनि यातायात अवरोध छैन'

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझैं सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ। सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उनले जानकारी दिए। दुई मिटर गहिराइसम्म सडक भासिएको छ।

बागमती प्रदेशकाे यातायातमा भाडा समायोजन गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा सु–व्यवस्थितरूपमा निर्धारण गर्न प्रदेश यातायात निर्देशनालयका प्रमुख संयोजक रहेको सात सदस्यीय सिफारिस समिति गठन गरेको छ।

ट्रायल सेन्टर हुँदाहुँदै जुम्लाका सवारी चालक लाइसेन्सविहिन

संघीयताले जुम्लामा रहेको यातायात व्यवस्था कार्यालय खारेज गरेपछि लाइसेन्स वितरण रोकिएको हो।

सोलु करिडोर : १० बुँदे सहमतिपछि बन्द कटारी खुल्यो

निर्माणाधीन सोलु करिडोरको १३२ केभी विद्युत प्रशारण लाईनअन्तर्गत कटारी नगरपालिका ४ मरुवामा टावर निर्माणको क्रममा प्रशासनले ज्यादति गरेको भन्दै स्थानीयले अघिल्लो दिनदेखि कटारी बजार र यातायात बन्द गरेका थिए।

२८ प्रतिशतले सार्वजनिक यातायात भाडादर वृद्धि

नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐनले दिएको अधिकार प्रयोग गरी जिल्लाका यातायात व्यवसायीले हाल कायम भाडा दरमा २८ प्रतिशतले वृद्धि गरेका हुन्।

पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध

पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन्।

स्थानीय प्रशासन रमिते बन्दा यातायात व्यवसायीको मनपरी

जुम्लाबाट लामो तथा छोटो दुरीमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा अशुल्न थालेपछि यात्रुले सास्ती बेहोरीरहेका छन्। उनीहरुले स्थानीय प्रशासन रमिते बन्दा व्यवसायीको मनपरी चलेको आरोप लगाएका छन्।

यातायात व्यवसायीलाई पुनर्कर्जा माग

महासंघका केन्द्रीय महासचिव भरत नेपालले कोभिड–१९ ले सार्वजनिक यातायात चरम संकटमा परेकाले व्यवसायीको समस्या मौद्रिक नीतिमार्फ सम्बोधन गर्नुपर्ने बताए। यातायात क्षेत्रका मजदुर र कर्मचारीलाई तत्कालै कोभिड १९ विरुद्धको खोप व्यवस्थापन गर्न पनि उनीहरूले भाग गरे।

सार्वजनिक यातायात खुले, सडक खुलेनन्

कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन्।

गंगारामको समाजवादी यातायात

बसकै भित्तामा गाडी चढेपछि कहाँदेखि कहाँको दूरीमा कति भाडा भन्ने जानकारी दिएको सूचना प्रस्ट बुझिनेगरी राखिएको छ। बसको अर्को कुनामा टाँसिएको सूचनामा उनले चालकलाई सम्मान गर्न पनि सिकाएका छन्।

स्थानीय र भीमाद यातायात व्यवसायीबीच एकीकरण

गण्डकी प्रदेशका दुई यातायात कम्पनिबीच एकीकरण भएको छ । स्थानीय यातायात प्रालि (कास्की) र भीमाद यातायात प्रालि (तनहुँ) बीच एकीकरण भएको हो ।

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सवारीमा निषेधाज्ञा अवधिको जरिवाना नलाग्ने

मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको कारण जारी निषेधाज्ञालाई मध्यनजर गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने यातायात सेवासँग सम्बन्धित विषयमा प्रदेश सरकारको निर्णय बमोजिम दिइएका जरिवाना छुट, सहुलियत जस्ता सुविधा कार्यान्वयनका लागि यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टममा आवश्यक संसोधन गर्न स्वीकृति दिने प्रस्ताव असार मन्त्रिपरिषद्मा लगेको थियो।

जाँदाजाँदै ओली सरकारको उपहार: यातायातमा २८ प्रतिशत भाडा वृद्धि

ओली सरकारका यातायात मन्त्री वसन्तकुमार नेम्बाङले यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २६ प्रतिशत वृद्धिको निर्णय असार २७ मा गरेका थिए।

मोरङमा सार्वजनिक यातायात सञ्चालन हुने

मोरङमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता थपेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्