coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मोरङमा सार्वजनिक यातायात सञ्चालन हुने

मोरङमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता थपेको हो। प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार असार २२ गतेदेखि  २८ गते मध्यरातिसम्मका लागि दशौं पटक निषेधाज्ञा अवधि थप गरेका हुन्।

निषेधाज्ञा थप गरिएपनि मंगलबारदेखि मोरङमा जोर–बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन हुने भएको छ। यस्तै सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिने सोमबार बिहान बसेको सिसिएमको बैठकले निर्णाय गरेको जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए। यसअघि दिउँसो ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णय प्रशासनले गरेको थियो। 

शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार भने अझै पनि सञ्चालन गर्न नपाईने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा  जारी गरेको थियो।

प्रकाशित: २१ असार २०७८ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App