१५ असार २०८१ शनिबार
image/svg+xml

आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङमा रोक

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।

विधिविरुद्ध बालेन

मेयरको हैसियतमा गरेका केही निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएपछि एकपटक बालेनले त्यस्ता आदेश नमान्ने सामाजिक सञ्जालमार्फत बताएका थिए। अदालतविरुद्ध बोलेपछि बालेनले अवहेलनाको मुद्दासमेत खेप्नुपरेको छ।

काठमाडौँ महानगरले ताप्लेजुङको सिदिङ्वालाई एम्बुलेन्स दिने

काठमाडौँ महानगरपालिकाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई एकथान ‘ख’वर्गको एम्बुलेन्स दिने भएको छ।

शाक्यको सायरी विमोचनमा कवि दुर्गालालदेखि उपमेयर र चिकित्सकसम्मका कविता वाचन

वाग्मती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यको नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ।

कामपाद्वारा ६ महिनामा करिब पाँच अर्ब राजस्व असुल

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ।

विपद्सँग जुध्न विद्यालयलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ: उपप्रमुख डंगोल

उपप्रमुख डंगोलले धेरै मानिसहरूको सङ्ख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताइन्।

बालेन भन्छन्ः 'तिम्रो लागि सँधै रित्तै बस्न मन छ'

नागरिकका लागि सरकारले गरेका कुनैपनि काम र योजना दीर्घकालिन र प्रभावकारी नभएको भन्दै उनले सामाजिक सञ्जालमा कविताको शैलीमा व्यङ्ग्य गरेका छन्।

कामनपाले करको दायरामा नआएका युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने

काठमाडौं महानगरपालिकाले ५ लाखसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव भएको छ।

काठमाडौँ महानगरपालिकाले ४ हजार जनालाई दिँदै छ साइबर सेक्युरिटी तालिम

महानगरले लिएको लक्ष्यमा सहयोग पुर्‍याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गर्न लागिएको महानगरले जनाएको छ।

महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोज्दै बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह) ले महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोजेका छन्।महानगरका प्रमुख प्रशासकीय अधिृकत बसन्त अधिकारीलाई साहले हटाउन चाहेका छन। यद्यपि अधिकारी अहिले पनि महानगरमै छन्। अहिले अधिकारीको कार्यकक्षमा ताला लगाएको छ।

नेपालभाषा केन्द्रीय विभागमा ई-लाइब्रेरी

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी पुस्तकलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्।

महानगरले हटाउँदैछ आठ महिनादेखि ‘गयल’ शिक्षकलाई

काठमाडौँ महानगरपालिकाले अध्यापनमा उपस्थित नभएको भन्दै एक जना शिक्षकलाई हटाउन सार्वजनिक सूचना नै जारी गरेको छ।

मेयर बालेन भन्छन्: 'यो देशले सज्जनलाई लाचार बनाउँछ'

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन्।

काठमाडौँको सिफलबाट २१ जना जुवाडे पक्राउ

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सम्भ्रान्त सहरमा गरिबको भुक्तमान

नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्