१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

महानगरले हटाउँदैछ आठ महिनादेखि ‘गयल’ शिक्षकलाई

काठमाडौँ महानगरपालिकाले अध्यापनमा उपस्थित नभएको भन्दै एक जना शिक्षकलाई हटाउन सार्वजनिक सूचना नै जारी गरेको छ।

महानगरको शिक्षा विभागले बिहीबार एक सूचना प्रकाशन गर्दै शिक्षक ज्याेती पाण्डेयले विद्यालयमा उपस्थित नभएको र अध्यापनलाई निरन्तरता नदिएको भन्दै हटाउन प्रक्रिया अघि बढाएको जनाएको छ।

महानगरपालिका वडा. १६ बालाजुमा रहेको श्री तरुण माध्यमिक विद्यालयमा माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक पाण्डेलाई महानगरले गत भदौ १९ गते निर्णय गरेर चाबहिलस्थित श्री पशुपति मित्र माध्यमिक विद्यालयमा सरुवा गरेको थियो। तर शिक्षक पाण्डेय भने गत जेठ ८ गते देखिनै कहीँ पनि हाजिर नभएको उल्लेख गर्दै महानगरको शिक्षा विभागले उनलाई हटाउने चेतावनी दिएको हो।

‘साबिकको विद्यालय र सरुवा भएको विद्यालय कतैपनि उपस्थित नभई कामकाज गरेको नदेखिएको साथै पटक–पटक पत्राचार, सार्वजनिक सूचना प्रकाशन र जानकारी उराउँदा समेत अटेर गरी सरुवा गरिएको विद्यालयमा नगई सूचनाको बेवास्ता गरेको र पदीय दायित्व पुरा नगरेको पाइकोले तपाईँलाई शिक्षा ऐन२०८८ को दफा १६ (ङ) उपदफा (५) बमोजिम नोकरीबाट हटाउने प्रक्रिया अघि बढाउन यो सूचना प्रकाशित गरिएको छ’, महानगरले सूचनामा भनेको छ।

महानगरले यो सूचना प्रकाशित भएको पन्ध्र दिन भित्र कारण पेस नगरेर हटाउने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

प्रकाशित: २६ पुस २०८० ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App