राजस्व सङ्कलन र वितरणमा पारदर्शीताको लागि सरकारी सहभागिताको माग
एफएम रेडियोहरूले गीत सङ्गीतका स्रष्टाहरूका लागि आफूहरूले बुझाउने गरेको राजस्वमा पारदर्शीताको लागि सरकारी सहभागिता हुनुपर्ने माग गरेका छन्। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल ९बान० र रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ)ले आज ललितपुरमा पत्रकार सम्मेलन गरी पारदर्शीताको लागि सरकारको सहभागिताको माग गरेका हुन्।