२३ आश्विन २०८१ बुधबार
image/svg+xml

एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले कुनै मेडिकल कलेजले काउन्सिलले निर्धारण गरेको सिटभन्दा अतिरिक्त विद्यार्थी भर्ना गर्न नपाउने बताए। उनले काउन्सिलले निर्धारण गरेको सिटबाहेक भर्ना गरिएका विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे।

नेविसंघको झडप : नेताहरूको आ–आफ्नै ‘डिफेन्स’

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरू आपसमा भिडेको घटनाले पार्टीभित्र प्रवेश पाएको छ। आतबार धर्नाका लागि पुगेका पार्टी कार्यालय सानेपा पुगेका दुई गुटका नेताहरू आपसमा झडप परेका थिए।

खाजा खर्चबाट मुसहर बालबालिकालाई सहयोग

जिल्लास्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले आइतबार मुसहर बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गरेका छन्। ईश्वरपुर नगरपालिकाअन्तर्गत बयलबास बजारस्थित लालिगुराँस एकेडेमीका विद्यार्थीले आफ्नो खाजा खर्चबाट उक्त सहयोग गरेका हुन्। चन्द्रनगर गाउँपालिकाअन्तर्गत बबरगंजस्थित मुसहर टोलका ४० बालबालिकालाई कापी, पेन्सीललगायत शैक्षिक सामग्री उनीहरूले सहयोग गरेका हुन्।

नेविसंघको झडपले उग्र रूप लिँदै, दर्जनबढी विद्यार्थी नेता कार्यकर्ता घाइते

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको नेविसंघको दुई समूहबीचको झडपमा दर्जनबढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएका छन्।

विद्यार्थीसँग प्रहरी

जिल्ला प्रहरी कार्यालय सुर्खेतको मुल गेटबाट प्रवेश गर्दै गरेका विद्यार्थीहरुको स्वागतका लागि प्रहरी प्रमुखसहितको टोली हातहातमा पुष्प गुच्छा लिएर उभिएको थियो। मूल गेटबाट लाइन लागेर आएका विद्यार्थीहरुलाई पुष्प गुच्छा दिँदै प्रहरी उपरीक्षक वशन्त रजौरेले स्वागत गरे। पहिलो पटक प्रहरी कार्यालयमा पाइला टेकेका विद्यार्थीहरु प्रहरीको स्वागत र न्यानो मायाले हर्षित देखिन्थे। एसपी रजौरे आफैले प्रहरी कन्ट्रोलदेखि हिरासत कक्ष हुँदै सञ्चारसम्मका शाखाहरु विद्यार्थीलाई अवलोकन गराए। उनीहरुले राखेका जिज्ञासाहरुको उत्तर दिएर समाधान गरिदिए। विभिन्न शाखाहरुको अवलोकनपछि सभाहलमा मल्टिमिडिया प्रोजेक्टरमार्फत प्रहरीका गतिविधी, विद्यार्थीहरुले अपनाउनुपर्ने सुरक्षा, सावधानी र ट्राफिक प्रहरीका बारेमा दुई घण्टाको कक्षा लिए।

अष्ट्रेलियामा अलपत्र विद्यार्थीकाे समस्या बुझ्न छानबिन समिति

अष्ट्रेलियामा नर्सिङ अध्ययन गर्न गएका १२ विद्यार्थी अलपत्र परेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले घटनाबारे अध्ययन अनुसन्धान गर्न छानविन समीति गठन गरेको छ। शिक्षा,विज्ञान तथा प्राविधि मन्त्री गिरीराजमणी पोखरेलले अष्ट्रेलियामा पढ्न गएका विद्यार्थी कसरी र किन अलपत्र परे, विद्यार्थीको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न घटना अध्ययन तथा समस्या समाधान गर्न छानविन समीति गठन गरेको बताए।

अस्ट्रेलियामा अध्ययन अल्झन

एआइबिटीमा अलपत्र परेका नेपाली विद्यार्थीहरूको भिडियोले सन् २००७ मा हामीलाई ब्रिसबेनमा परेको विपत्को समय स्मरण भयो। साफ्सटन कलेजमा कोर्स सक्न मात्र दुई महिना बाँकी रहँदा कलेजलाई सरकारले बन्द गर्‍यो। त्यतिखेर नेपाली समुदाय ठूलो थिएन र हामी विद्यार्थी नै मिलेर क्यानबेरामा अपिल गर्‍याँै, विरोध गर्‍यौँ र कलेजले धेरैजसो विद्यार्थीको पूरा शुल्क फिर्ता दियो। त्यसपछि टेफले हाम्रो बाँकी कोर्स पूरा गरिदिएर हाम्रो उद्धार गर्‍यो। त्यतिखेर जस्तो सजिलो अहिले नहुन सक्छ।

नेविसंघमा फरक समूहका विद्यार्थीबीच घम्साघम्सी

नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा ३२ वर्ष मुनिको समिति ल्याउन माग गर्दै कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थी नेताहरूले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।

नेविसंघ २.०

नेपाल विद्यार्थी संघ १२ औँ अधिवेशनको संघारमा उभिइरहँदा यतिखेर एउटा प्रश्न परीक्षणमा छ, के नेविसंघ विद्यार्थीकै हातमा रहन्छ ?  ११ औँ महाधिवेशनले विद्यार्थी नेताको उमेर हदबन्दी ३२ वर्ष तोकेको थियो। दुई वर्षभित्र अर्को निर्वाचन गराएर उक्त हदबन्दी कार्यान्वयन गरिनुपथ्र्यो। विद्यार्थी नेताहरू विद्यार्थीजस्ता भएनन् र समग्र विद्यार्थी आन्दोलन मूल ध्येयभन्दा अन्यत्र मोडियो भन्ने आम चासोलाई उक्त हदबन्दीले तोड्ने ठूलो अपेक्षा थियो।

विद्यार्थी बिरामी भएपछि विद्यालयमै बोका बलि

यो आधुनिक युगमा सदरमुकाम भित्रै विद्यालयमा एकाबिहानै धामी बसालेको कुरा बजारभरि फैलियो । तर त्यसबारे छलफल गर्ने जाँगर कसैले चलाएनन् ।

त्रिविका डिनलाई नेकपानिकट विद्यार्थीको कालोमोसो

यौन दुर्व्यवहारको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहायक डिन बउवालाल साहमाथि कालोमोसो दलिएको छ। बुधवार नेकपानिकट विद्यार्थीको कालोमोसो दलेको हो। त्रिवि शिक्षाशास्त्रका सहायक डिन साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबरजस्ती यौन दुराचार गर्न खोजेको आरोप विद्यार्थी संगठनले लगाएका छन्।

विकल्प बन्दै न्युजिल्यान्डको पढाइ

कक्षा ११ र १२ उत्तीर्ण नहुँंदै हिजोआज धेरै विद्यार्थीको मुख्य योजना विदेशको पढाइ हुने गर्छ। उच्च शिक्षाका लागि विदेशमै गएर पढ्न जाने विद्यार्थीको सपनालाई साकार रूप दिन राजधानीमा धेरै एजुकेसन कन्सल्टेन्सी खुलेका छन्।

किन बढ्दै छ अस्ट्रेलियामा विद्यार्थी आकर्षण ?

पछिल्ला केही वर्षयता विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूको संख्या बढेको छ। राम्रो विषयको खोजीमा नेपाली विद्यार्थीले वैदेशिक शिक्षामा जोड दिएको देखिन्छ। केही वर्षयता नेपाली विद्यार्थीको पहिलो रोजाइ नै अस्ट्रेलिया बन्दै गएको छ। विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ।

खाजा कटौतीपछि घटे चेपाङ विद्यार्थी

चितवनको माडी नगरपालिका वडा नम्बर ९ मा रहेको जनजागृति आधारभूत माध्यमिक विद्यालय, स्थानीय बाँदरझुला बस्तीको पुच्छारमा पर्छ। जहाँ ५० विद्यार्थी पढ्छन्। शिशु कक्षामा १५ र कक्षा १ देखि ३ सम्म ३५ जना छन्। प्रधानाध्यापक दण्डपाणि पण्डितका अनुसार तीमध्ये चेपाङ समुदायका २१ जना छन्। यसअघि चेपाङ विद्यार्थीको संख्या यसको दोब्बर थियो। गएको दशैंपछि घटेको हो।

लागुऔषधसहित विद्यार्थी पक्राउ

एक भारतीय विद्यार्थी लागू औषधसहित रौतहटमा पक्राउ परेका छन्। भारतको बैंगलोरमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत बिहारका घोडासहन बनकटवा निवासी २६ वर्षी महम्मद कलिमुल्ला र सोही गाउँका २२ वर्षीय हैदर अलिलाई रौतहट प्रहरीले मंगलबार लागुऔषधसहित पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्