२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘एनओसी लेटर’ लिने बढे

पछिल्ला दुई वर्ष अवधिमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या एक लाख नाघेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको दैनिक भीड लाग्ने गरेको छ।

नेविसंघको नेतृत्वका लागि आआफ्नै दाउ

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वका लागि विद्यार्थी नेताहरूले सक्रियता बढाएका छन्। नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिले विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकेपछि पार्टीले महाधिवेशन गराउन नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। पार्टी सभापति शेरबहादुर देउवालाई नेताहरूसँग परामर्श गरेर संघको नयाँ नेतृत्व टुंगो लगाउन केन्द्रीय समितिले जिम्मा दिएको छ।

नेविसंघको नेतृत्वमा तेस्रो धारको दाबी

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा  नेता कृष्णप्रसाद सिटौला समूहले नेतृत्वको दाबी गरको छ।

विद्यार्थी पढाउँदै प्रहरी

सधैं झोलामा किताब–कापी बोकेर क्याम्पस जाने विद्यार्थीको हुल शुक्रबार जिल्ला प्रहरी कार्यालयतिर मोडियो। विद्यार्थीमात्र होइन, शिक्षकहरूसमेत प्रहरी कार्यालयको आँगनमा भेला भए। प्रहरी कार्यालयको गेट पार गर्दैगर्दा ‘प्रहरी’ शब्दले बाल्यकालदेखि नै आफूभित्र ल्याउने अस्वाभाविक अवस्थाको तरंग कतिपय विद्यार्थीको अनुहारमा लुक्न सकेको थिएन।

नेविसंघमा महिला नेतृत्व माग गर्दै देउवाकोमा पुगे विद्यार्थी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा महिलाको नेतृत्व माग्दै विद्यार्थी नेतृहरू सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।

सम्पदा संरक्षण ध्यान दिऔँ

म भ्रमण गर्न असाध्यै मन पराउँछु। मलाई जीवनका  लागि  भ्रमण एक महत्वपूर्ण पाटो हो भन्ने लाग्छ। अझ हामी विद्यार्थीहरूका लागि त भ्रमण एक शैक्षिक उपलब्धी नै हो। हरेक भ्रमणबाट नयाँनयाँ कुरा सिक्न सकिन्छ। अहिले  संसारका धेरै मानिस हजारौँ माइलको यात्रा गरेर विभिन्न देशको धर्म, संस्कृति, रहनसहनका साथै प्राकृतिक सौन्दर्य र इतिहासको खोजी गर्न उत्साहित देखिएका छन्।

सिटौला समूहका विद्यार्थी नेताले घेरे पार्टी कार्यालय

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति ३२ वर्षमुनिको ल्याउन माग गर्दै नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताले पार्टी कार्यालय घेराउ गरेका छन्। अध्यक्ष नैनसिंह महरको राजीनामासँगै नेविसंघको वर्तमान कार्यसमिति पार्टीले भंग गरिसकेको छ। महाधिवेशनका लागि बनाइने तदर्थ समिति पनि यसअघि पार्टीले गरेको निर्णयबमोजिम उमेर हद लगाउन सिटौला समूहका विद्यार्थी नेताको माग छ।

नेविसंघ तदर्थ समिति : देउवा समूहका नेताबीच जुँगाको लडाइँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको राजीनामासँगै अन्यौलताका बीच रहेको नेविसंघको निकासका लागि पार्टीलाई बाटो खुलेको छ।

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

कक्षा २ मा पढ्ने खुसी राई मानेभन्ज्याङ गाउँपालिका–३ स्थित सानोजुरे आधारभूत विद्यालयमा नियमित आउने एक्ली विद्यार्थी हुन्। उनलाई पढाउने एक्ला शिक्षक हुन् बाबुराम राई। प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका राई चालू शैक्षिक सत्रमा तीनजना भर्ना भए पनि दैनिक विद्यालय आउने खुसी मात्र रहेको सुनाउँछन्।

दृष्टिविहीन संघलाई जापानी दूतावासको सहयोग

दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले काठमाडौंस्थित जापानी राजदूतावासले ८४ लाख रुपैयाँबराबरका सामग्री प्रदान गरेको छ।

विद्यार्थीकाे सरसफाइ अभियान

फोहोर व्यवस्थापनमा क्रियाशील राम्रो जोरपाटी, हाम्रो जोरपाटीले अभिभावकलाई चेतना दिनको लागि तीन कलेजका विद्यार्थीहरुलाई जोरपाटी सडकमा फालिएको फोहोर उठाउन लगाएको छ।

भारतीय विश्वविद्यालयमा नेपालीलाई छात्रवृत्ति

भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराएको छ। यो छात्रवृति एकाध विद्यार्थीको लागि नभएर त्यस विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न भर्ना हुने सबै विद्यार्थीको लागि समान छात्रवृत्ति व्यवस्थाको घोषणा विश्वविद्यालयका उपकुलपति प्राडा राज सिंहले बताएका छन्।

नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रावृत्ति

भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीहरुका लागि छात्रावृत्ति उपलब्ध गराउने भएको छ।

काठमाडौं मोडेल कलेजको दीक्षान्त

काठमाडौं मोडेल कलेज बालकुमारीले शैक्षिक सत्र २०७१ मंसिरमा भर्ना भई विविए सकेका ६३ विद्यार्थीहरुलाई दीक्षित गरेको छ। दीक्षान्त समारोहमा केएमसीका प्राचार्य सुरेन्द्र सुवेदी, निर्देशक किशोर गौतमको उपस्थिति थियो।

गण्डकी कलेजमा शुल्क विवाद : विद्यार्थीले लगाए ओपिडीमा ताला

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थीले अनधिकृत शुल्क असुली भएको भन्दै आन्दोलन चर्काएका छन्। उनीहरुले मंगलबार साँझदेखि अस्पतालको ओपिडी सेवामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्