२३ आश्विन २०८१ बुधबार
image/svg+xml

खुला आकासमुनि हुरीपीडित विद्यार्थी

फेटा गाउँपालिकाको पुरैनियास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थी खुला अकासमुनि पढ्न बाध्य छन्। चैत १७ गते विनाशकारी हुरीले विद्यालयको भवनमा क्षति पु¥याएकाले बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थी बािहिर पढ्न बाध्य भएका हुन्।

पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ। वीरेन्द्र ऐश्वर्य मावि लिम्साको कक्षा ८ मा पढ्ने बुढा गाउँका अन्य व्यक्तिसँग यो पटक पनि  डोल्पाको पाटनमा पुगेकी छिन्।

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक

पनौती नगरपालिकाले यसै शैक्षिक वर्षबाट आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकैनासको विद्यार्थी पोशाक (स्कुल युनिफर्म) लागू गरेको छ। ‘अब पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरु एकैखाले पोशाक लगाएर विद्यालय आउनेछन्’, इन्द्रेश्वर उच्च मावि पनौतीमा निःशुल्क पोशाक वितरण गर्दै उपमेयर गीता बन्जाराले भनिन्।

मन जित्दै सामुदायिक विद्यालय

रुपन्देही तिलोत्तमा–२ कि सरिता खत्रीले कक्षा ६ मा पढ्ने छोरालाई यसपटक सामुदायिक विद्यालयमा भर्ना गर्न निकै जोडबल गरिन्। तिलोत्तमाकै बोर्डिङ स्कुलमा अध्ययन गर्ने उनका छोरा सुजनले बुटवलको कालिका उच्च माविमा भर्नाका लागि आवेदन दिए। प्रवेश परीक्षा पास गरे पनि उनले भर्ना पाएनन। सिट संख्याभन्दा दोब्बरले प्रवेश परीक्षा दिएपछि विद्यालयले उच्च अंकका आधारमा भर्ना लियो। सुजन एक अंकले पछि परे।

रेडियन्टका गौरवशाली विद्यार्थी

ललितपुरको सानेपामा अवस्थित रेडियन्ट रिर्डस एकेडेमी ०५६ सालमा खुलेको हो। हाल त्यहाँ एक हजार विद्यार्थी अध्ययन गर्छन्। प्रधानाध्यापक डिके ढुंगानाका अनुसार विद्यालयले विद्यार्थीको सिर्जनशीलता विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। त्यही विद्यालयमा कक्षा –१० मा पढ्ने केही विद्यार्थीसँग ‘जूनकीरी’का श्रीराम राईले कुराकानी गरेका छन् ः

भक्तपुरमा विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण !

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले प्रति विद्यार्थी पाँच लाखसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको जानकारी दिएका छन्। आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था मिलाएको उनले जनाए।

काफल बेचेर पढाई खर्च

पढाई खर्च जुटाउनका लागि पाल्पाको ग्रामीण भेगका बालबालिका बिहान र बेलुकाको समयमा काफल बेच्ने गरेका छन्। रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका बालवालिका काफल बेच्ने गरेका हुन्।

निःशुल्क शिक्षाले सामाजिक सहभागिता बढ्ने

सम्पन्न तथा विपन्न पृष्ठभूमिका विद्यार्थीको संख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ। सामाजिक विकास र सामाजिक परिवर्तन शीर्षकमा विद्यालय शिक्षा बारे गरिएको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन सम्पन्न तथा विपन्न दुवै पृष्ठभूमिका विद्यार्थीले एकै थलोमा अध्ययन गर्न पाउनु पर्ने देखाएको हो।

विद्यार्थीको कपाल काट्न शिक्षकलाई तालिम

सिन्धुपाल्चोकको थुम्पाखरस्थित कोल्दौङदेवी मावि टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घण्टा पैदल र अर्को एक घण्टा बस यात्राद्धारा खाडिचौर बजार पुग्थे। समय र पैसाको बर्बादी हुन्थ्यो, पढाइसमेत छुट्थ्यो।

विद्यार्थी रोक्न घर दैलो अभियान

हरेक वर्ष जेठ महिना सुरु हँदा विद्यालयहरुमा पनि विद्यार्थीको संख्या न्युन हुँदै जानु र जेठ मध्य देखि असार अन्तिम सम्म विद्यालय विद्यार्थी वीहिन बन्नु जिल्लाको पुर्वी करानमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाको नियती नै बनेको छ। यसको कारण हो हिमाली पाटन क्षेत्रमा यार्सा संकलन गर्न यस क्षेत्रका स्थानीयवासी बालबालिकासहित हिमाली पाटन क्षेत्रमा जाने गर्दछन।

विद्यार्थी २५, शिक्षक १३

वरिपरि पोखरी र मठ मन्दिर छन्। वरिपरिको ठाउँ कुनै पर्यटकीयस्थलभन्दा कम छैन। दिनको १२ बजेको थियो। विद्यालय जाने साँघुरो बाटोमा नाक थुनेर केही मान्छेहरू ओहोर दोहोर गरिरहेका छन्।

विद्यार्थीलाई बाँडियो जंगफुड

ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता र निमित्त प्रशासकीय प्रमुख नन्दकिशोर गुप्ताले दिवाखाजाको रूपमा विद्यार्थीलाई चाउचाउ बाँडेका छन्। उनीहरूले मारवाडी टोलस्थित औरैया प्राविका विद्यार्थीलाई लाइनमा उभ्याएर प्रतिबन्धित जंकफुड चाउचाउ बाँडेका हुन्।

नौ महिनापछि बेपत्ता विद्यार्थीको शव भेटियो

गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनील बराइलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएकमहिनापछि बराइलीको शव करिब ३५ फिट गहिराइबाट निकालेको हो।

९ महिनादेखि बेपत्ता विद्यार्थीको शव रोबर्टले पत्ता लगायो, सुरक्षाकर्मीलाई अमेरिकी विशेषज्ञको साथ

सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनिल बराईलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएको ९ महिनापछि बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालेको हो।

बजेटमा सर्वसुलभ शिक्षाको व्यवस्था गर्न अनेरास्ववियूको माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्