२० आश्विन २०८१ आइतबार
image/svg+xml

मौद्रिक नीति अपेक्षा अनुरुप भएको उद्योगी व्यवसायीको प्रतिक्रिया

उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप भएको प्रतिक्रिया दिएका छन् । लकडाउनका कारण धरासायी बनेका व्यवसायीहरुलाई राहत दिनेगरी आएको मौद्रिक नीति स्वागत योग्य भएको उनीहरुको प्रतिक्रिया छ । मौद्रिक नीतिमा आएका विषयहरु कार्यान्वयनमा आए नीजि क्षेत्रमा कोभिडका कारण देखा परेको समस्याको अधिकतम समाधान हुने उद्योगी व्यवसायीहरूको भनाई छ ।

मौद्रिक नीतिका विषयमा व्यवसायीको प्रतिक्रियाः नीति राम्रो, कार्यान्वयनमा आशंका

उद्योगी, व्यवसायी तथा अर्थविदहरुले आशा गरे अनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् । कोभिड—१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्ने गरी आएको मौद्रिक नीति कार्यान्वयनमा भने अर्थविदहरुले आशंका गरेका छन् ।

मौद्रिक नीतिः के भन्छन् सरोकारवाला?

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक ग-यो। मौद्रिक नीतिप्रति विभिन्न क्षेत्रबाट फरकफरक प्रतिक्रिया आएको छ। कसैले यसलाई सकारात्मक भनेका छन् भने कसैले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। मौद्रिक नीतिबारे नागरिकले विभिन्न क्षेत्रका व्यक्तिसँग लिएको प्रतिक्रिया

अर्थतन्त्रलाई गभर्नरको ओखती

कोरोना प्रभावित अर्थतन्त्र चलायनमान बनाउन गर्भनर अधिकारीले बजारमा सकेसम्म पैसा पठाउने गरी विस्तारकारी नीति लिएका छन्। तर बजारमा माग सिर्जना गर्नेतर्फ भने उनको ध्यान पुग्न सकेको छैन।

मौद्रिक नीति : साना तथा मझौला कर्जामा छुट

केन्द्रीय बैंकले पर्यटन, लघु, साना एवं मझौला उद्यम कर्जा प्रवाहमा विशेष छुटसहित प्राथमिकता दिएको छ । आज सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोनाको सङ्कटबाट अति प्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिने नीति अगाडी सारिएको छ ।

वाणिज्य बैंकले ऊर्जा क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले वाणिज्य बैंकले कर्जा लगानीको न्यूनतम १० प्रतिशत ऊर्जा क्षेत्रमा लगाउनुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/ ७८ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै वाणिज्य बैंकले पाँच वर्षसम्म कर्जा लगानीको न्यूनतम १० प्रतिशत ऊर्जा क्षेत्रमा लगाउनुपर्ने व्यवस्था गरिएको बताए।

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने जनाएको छ। गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए।

मौद्रिक नीति सार्वजनिक, कृषिमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए।

मौद्रिक नीतिमा कांग्रेसको पाँच सुझाव

पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनिमय दर एवं बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपरिवेक्षणमा केन्द्रित हुनुपर्छ।

मौद्रिक नीतिमा कांग्रेसको पाँच सुझाव

पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनीमय दर एवं बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपरिवेक्षणमा केन्द्रीत हुनुपर्छ

मौद्रिक नीतिमा निजी क्षेत्रप्रति लचिलो बन्ने संकेत

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जा कोषको रकमबाट कम्तिमा ३० हजार ऋणिले सुविधा पाउने बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको सोमबारको बैठकमा मौद्रिक नीतिको तयारी सम्बन्धमा जानकारी गराउँदै सबै स्थानीय तहमा पुनर्कर्जाको पहुँच पुग्ने र कम्तिमा ३० हजार ऋणिले सुविधा पाउने बताए ।

‘व्यवसाय पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याइने’

नेपाल राष्ट्र बैंकले कोभिडका कारण थला परेका व्यवसायको पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने भएको छ । कोभिड संक्रमणका कारण मारमा परेका व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीतिहरु ल्याउन राष्ट्र बैंकले तयारी गरेको हो ।

मौद्रिक नीतिमा उद्योगी व्यवसायी र बैंकरको सुझाव

आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति विस्तारित (एक्स्पान्सनरी) प्रकृतिको आउनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । कर्जाको ब्याजदर घटाउने, कर्जाको पुर्नतालिकिकरण गर्ने र रिफाइनान्स गर्ने गरी विस्तारित प्रकृतिको मौद्रिक नीति आवस्यक रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्