२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मौद्रिक नीतिका विषयमा व्यवसायीको प्रतिक्रियाः नीति राम्रो, कार्यान्वयनमा आशंका

फाइल तस्बीर

उद्योगी, व्यवसायी तथा अर्थविदहरुले आशा गरे अनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् । कोभिड—१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्ने गरी आएको मौद्रिक नीति कार्यान्वयनमा भने अर्थविदहरुले आशंका गरेका छन् ।  

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेर आएको मौद्रिक नीति आशा गरेअनुसार नै भएको बताए। नीति जुन स्प्रिटमा आएको छ त्यही स्प्रिटमा कार्यान्वयन भयो भने खोट लगाउने कुनै ठाउँ नभएको उनले बताए।  

बैंक तथा वित्तिय परिसंघका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकले कृषि क्षेत्रमा १५ प्रतिशत लगानीका लागि आह्वान गरेपछि सबैले वास्तविक कृषि क्षेत्रमा लगानीका लागि ध्यान दिनुनपर्ने बताए। १ करोडभन्दा कमको व्यवसाय गरिरहेका कृषक, साना उद्योगी व्यवसायीहरुलाई पुँजी अभावले व्यवसाय गर्न समस्या नहुने गरी नीति आएको उनले बताए । कोभिड—१९ का कारण समस्यामा परेका व्यवसायीहरुका लागि पुर्नकर्जाको व्यवस्थाले ठूलो सहयोग पुग्ने उनले बताए।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोभिडका कारण समस्यामा परेका नीजि क्षेत्रले राखेका मागभन्दा राम्रो मौद्रिक नीति आएको बताए । लकडाउनबाट प्रभावित व्यवसायीहरुको बैंक किस्ता र व्याज तिर्ने म्याद समेत बढेकाले कर्मचारीहरुलाई तलब खुवाउन र व्यवसायलाई पुर्नजीवन दिन समस्या नहुने उनले बताए।

रिपोर्टस क्लबमा भएका साक्षत्कारमा व्यवसायीहरुले राष्ट्र बैंकले नीति कार्यान्वयनका लागि विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । राष्ट्र बैंक भित्रै घटास्क फोर्स’ बनाएर कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्नुपर्ने सुझाव उनीहरुको छ ।

प्रकाशित: ३ श्रावण २०७७ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App