६ आश्विन २०८१ आइतबार
image/svg+xml

मेलम्ची पानी सुरुमा पुरानै वितरण प्रणालीबाट

सरकारले मेलम्चीको पानी सुरुआती चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट वितरण गर्ने भएको छ। मेलम्चीको पानी सुन्दरीजल खसेसँगै नयाँ वितरण लाइन तयार नभइसकेकाले पुरानैबाट वितरण गरिने भएको हो।

साकार बन्दै मेलम्ची सपना

२०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए।

'११६ सिट जितेको पार्टीलाई भत्काएर २३ सिट जितेको कांग्रेसलाई लौ न प्रभु भन्दैछन्'

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल झरेसँगै आफ्नो लामो समयदेखि सपना पूरा भएको बताएका छन्। शनिबार मेलम्चीको पानी काठमाडौंमा खसाल्ने कार्यक्रमको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौं पुगेपछि महत्वपूर्ण उपलब्ध हासिल भएको बताए।

मेलम्ची पानी आज सुन्दरीजल झर्दै

दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए।

मेलम्ची खानेपानीः सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा सतह बढ्न सक्ने, सजग रहन आग्रह

मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ। यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ।

मेलम्चीको १४ किलोमिटर सुरुङमा पानी भरियो

कार्यकारी निर्देशक खत्रीले २६ किलोमिटर सुरुङमध्ये हालसम्म १४ किलोमिटरमा पानी भरिएको बताए। ‘१४ किलोमिटर सुरुङमा पानी भरिइसकेको छ,’ उनले भने, ‘१८ किलोमिटसम्म पानी पुगेको छ।’ आयोजनाले फागुन २६ गतेभित्र पानी सुन्दरीजलस्थित ट्रिटमेन्ट प्लान्टमा आउने जनाएको छ।

सैलुङ कन्स्ट्रक्सनको अर्को बदमासीः मेलम्चीको पाइप लाइन पनि अलपत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीको सैलुङ कन्सट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको बूढानीलकण्ठ नगरपालिका क्षेत्रको पाइप लाइन र ओभरहेड ट्यांकी निर्माण अलपत्र पारेको छ। सैलुङले भारतीय सिआइपिइएलसँगको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा लागत अनुमानभन्दा ५० करोड रूपैयाँ कममा ठेक्का सकारेको थियो। कामको भौतिक प्रगति ज्यादै न्यून छ।

मेलम्ची सुरुङ परीक्षण गर्न दोस्रोपटक पानी

बहुचर्चित एवम् बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे। पहिलोपटक असफल भएपछि पुनः दोस्रोपटक सुरुङ परीक्षण थालिएको हो।

यसरी गरियो मेलम्ची सुरुङको दोस्रो परीक्षण (फोटोफिचर)

बहुचर्चित एवम् बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे।

मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको छ। २६ किलोमिटर सुरुङमा सोमबार पानी पठाएर परीक्षण सुरु गरिएको हो।

मेलम्ची पानी वितरण गर्न २० अर्बको संरचना

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्‍याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्‍याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

मेलम्ची खानेपानी आयोजनाः सुरुङ पुनः परीक्षणको तयारी

मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको त्रुटि सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य थालेको हो ।

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो।

मेलम्ची खानेपानी आयोजनाः पुनः गेट जडान अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको संरचना सुरुङमार्गमा पुनः गेट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसअघि जडित संरचनामा त्रुटि फेला परेपछि नयाँ डिजाइनमा विगत चार महिनादेखि पुनः गेट जडानको काम भइरहेको हो।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरु पुनः परीक्षण गरिने

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ। गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्