६ आश्विन २०८१ आइतबार
image/svg+xml

दसैंमा पनि मेलम्ची नआउने

पटकपटक भाका सार्दै आएको सरकारले पछिल्लोपल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो। बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पु-याउन अझै कम्तीमा पाँच महिना लाग्नेछ।

सुरुङ गेट दुर्घटना प्रकरण : दसैंमा पनि मेलम्ची नआउने निश्चित

आयोजनाका अनुसार हालको गेट बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी जडान गरिएको छ । छानविन समितिले यसैमा त्रुटी औँल्याएको हो । समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्ने गरी गेट जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

अघि बढ्यो मेलम्चीको ‘हेडवर्क्स ’ निर्माण

आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्न बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवर्क्स ’ को बाँकी काम अघि बढाएको छ ।

मेलम्ची अडिट गेटको डिजाइन फेरियो

पुरानो डिजाइनका गेट झिकेर नयाँ हाल्दा ४०–४५ लाख रुपैयाँ लाग्ने र त्यो ठेकेदार कम्पनी आफैंले बेहोर्ने आयोजनाको भनाइ

‘ठेकेदार कम्पनी र परामर्शदाताको त्रुटि’

खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङको अडिट गेट भत्किनुमा डिजाइन र निर्माणमा संलग्न कम्पनीको गम्भीर प्राविधिक त्रुटि रहेको निष्कर्ष निकालेको छ ।

मेलम्ची सुरुङ दुर्घटना : गेट डिजाइनमै त्रुटी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा राखिएका गेटका डिजाइन नै त्रुटीपूर्ण रहेको पाइएको छ। मेलम्ची सुरुङ दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले मजबुत ढंगले गेटको डिजाइन नभएको अन्तिम निष्कर्ष निकालेको हो।

मेलम्ची सुरुङ दुर्घटना: गेटको नटबोल्ट कसाइमै त्रुटि देखिएकाे प्रारम्भिक निष्कर्ष

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा भएको दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले गेटको नलबोल्ट कसाइमै त्रुटि भएको पाइएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन् ।

मेलम्ची गेट निर्माणमा कमजोरी भएकाे आशंका

मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका (गेट) एक्कासि खुलेर दुर्घटना भएसँगै सो गेट निर्माणमा कमजोरी रहेको आशंका गरिएको छ। गत मंगलबार मध्याह्न गेट नम्बर १७ फुटेर गम्भीर दुर्घटना भएको थियो।

मेलम्ची सुरुङ दुर्घटना अध्ययन गर्न टोली

खानेपानी मन्त्रालयले मेलम्ची आयोजनाको सुरुङ परीक्षणको क्रममा भएको दुर्घटनाको अध्ययन गर्न मन्त्रालयको सहसचिवको संयोजकत्वमा विज्ञसहितको प्राविधिक टोली गठन गर्ने निर्णय गरेको छ ।

मेलम्ची सुरुङमा दुर्घटना: एक्कासि गेट खुल्दा इन्जिनियरसहित दुई बेपत्ता

गेट खुलेर १० दिनको काम व्यर्थ बन्दा परीक्षण अवधि र पानी वितरण गर्ने लक्ष्य लम्बिने भएको छ। गेटको नटबोल्ट एक्कासि खुस्किँदा दुर्घटना भएको हो।

मेलम्ची सुरुङ परीक्षण : अम्बाथान टनेलको गेट खुल्दा दुई बेपत्ता

परीक्षणको क्रममा रहेको मेलम्ची खानेपानी आयोजनाको टनेल गेट (मुख) खुल्दा मंगलबार दुई कर्मचारी मेलम्ची खोलामा बगेर बेपत्ता भएका छन्। दुईलाई घाइते अवस्थामा उद्धार गरिएको छ।

स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ

स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताएका छन्।

मेलम्ची खानेपानी सुरुङ परीक्षण: स्थानीय क्रुद्ध, पानीको रोयल्टी माग

मेलम्ची पानी काठमाडौं उपत्यकामा वितरण गर्नुअघि नै प्रभावित क्षेत्रका बासिन्दाले पाउनुपर्ने रोयल्टीको सुनिश्चितता गर्न आयोजनास्थलका सरोकारवालाले माग गरेका छन्।

मेलम्ची खानेपानी सुरुङ परीक्षण : स्थानीय क्रुद्ध, पानीको रोयल्टी माग

मेलम्ची पानी काठमाडौं उपत्यकामा बितरण गर्नुअघि नै प्रभावित क्षेत्रका बासिन्दाले पाउनुपर्ने रोयल्टीको सुनिश्चितता गर्न आयोजनास्थलका सरोकारवालाले माग गरेका छन्। साथै उनीहरूले स्थानीयलाई थाहै नदिइ मेलम्ची पानी पथान्तरण(सुरुङमा छिराउने) गरिएको भन्दै खेदसमेत व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्